• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • ६ घण्टा 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • ७ घण्टा 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • ७ घण्टा 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • ११ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • १४ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • १४ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १५ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १५ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

निर्मला हत्या प्रकरण: अनुसन्धानको बाटो भारततिर मोडियो !

admin २०७६, बैशाख, १४

बैशाख १४, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ९ महिना बितिसक्दा पनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन । २०७५ साउन १० गते हराएकी निर्मला भोलिपल्ट घर नजिकैको उखुबारीमा अर्धनग्न मृत फेला परेको थिइन् ।

प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गर्दा पनि वास्तविक दोषी पत्ता लगाउन नसकेपछि यतिबेला अनुसन्धानको सुई भारततिर सोझाएको छ ।

निर्मलाको घर नजिकका मान्छेहरु धेरैको संख्यामा भारत जाने भएकाले अनुसन्धान टोलीले त्यतातिर पनि शंका गरेको सीआईबीका प्रवक्ता (एसपी) सुदीप गिरीले बताए ।

‘बोर्डर नजिकै भएकाले त्यहाँका मान्छेलाई भारत जान सजिलो छ । धेरैको संख्यामा स्थानीयहरु भारत आउजाउ गर्ने गरेको पाइयो,’ एसपी गिरीले भने, ‘त्यहाँ अपराध गर्नेहरुका लागि भौगोलिक रुपमा भारत लाग्नु सुरक्षित क्षेत्र बन्न सक्ने आधार छ ।’

निर्मलाको घर नजिकैका केही मान्छेहरु घटना लगत्तै भारत गएको देखिएको पनि गिरीले बताए । एसपी गिरीका अनुसार पछिल्लो समय भारतबाट फर्किने करिब ६ सय जनासँग सोधपुछ गरिएको छ ।

यसअघि प्रहरीले लागुऔषध तथा दुव्र्यसनीमा परेका, पहिले अपराधिक क्रियाकलापमा संलग्न रहेका र निर्मलाको परिवारसँग रिसिईबी भएकाहरुमाथि अनुसन्धान गरेको थियो ।

राज्यले आफ्नो ठूलो मात्रमा जनशक्ति परिचालन गरेर पनि यत्रो समयसम्म हत्यारासम्म पुग्न नसकेपछि अहिले प्रहरीको अनुसन्धान भारत गएकाहरुतिर मोडिएको एसपी गिरीले संकेत गरे ।

एसपी गिरीका अनुसार प्रहरीले निर्मला घटनामा ४ दर्जनभन्दा बढीको डीएनए परीक्षण पनि गरिसकेको छ । सीआईबीको विशेष टोली कञ्चनपुरमै अनवरत रुपमा अनुसन्धानमा जुटेको छ ।

उक्त टोलीले प्रत्येक दिनको प्रगति विवरण सीआईबीको केन्द्रीय कार्यालयलाई दिने गरेको स्रोतले बताएको छ । यसअघि हत्या प्रकरणमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले अनुसन्धानमा लापरबाही गरेको भन्दै विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्तीमा परिसकेका छन् ।

गृह मन्त्रलायका सहसचिव हरि मैनाली नेतृत्वको छानबिन समितिका क्रममा प्रहरीको कमजोरी देखिएपछि उनीहरू बर्खास्तीमा परेका हुन् । अन्य एक दर्जन प्रहरी निलम्बनमा परेका थिए ।निलम्बनमा पर्ने प्रहरीमा सीआईबीका प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसी, कञ्चनपुरका डिएसपी ज्ञानबहादुर सेठ्ठी, प्रहरी निरीक्षकहरू एकेन्द्र खड्का र गणेश सापकोटा लगायतका रहेका छन् । 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

ताजा

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.