Jankari Kendra
१० श्रावण २०८३, आईतवार
Worldlink

जन्ती बोकेको जिप दुर्घटना, पाँचको मृत्यु

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७६, बैशाख, १६
जन्ती बोकेको जिप दुर्घटना, पाँचको मृत्यु

काठमाडौं, १६ वैशाख। पाल्पाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नं. ७ भिरपानीकमा विवाहबाट हुवास फर्किदै गरेको लु १ ज १९४१ नम्वरको जिप सोमबार साँझ दुर्घटनामा परेको हो।

दुर्घटनामा परी जिपमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा निस्दी ७ का ४५ बर्षिय खड्ग बहादुर सोमै, सोही स्थानका ५५ बर्षिय देवीलाल खन्गाह, ४५ बर्षिय लाल बहादुर सारु, ५७ बर्षिय सन्त बहादुर सारु र चालक वुद्धिवल सोती रहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रमुख प्रहरी निरीक्षक भुपाल सिंह रानाले जानकारी दिए ।

Top Changing Nepal

युट्युब सट्स