काठमाडौं । युएईपछि ओमानसँग श्रम समझदारी (एमओयू)को मस्यौदाको छिट्टै टुंगो लाग्ने भएको छ । यसका लागि छलफल गर्न ओमानका श्रम तथा मानव संशाधन अधिकारीलाई बुधबार नेपाल आईपुग्दैछ । यो टोलीसँग काठमाडौंमा दुई दिनसम्म वार्ता हुनेछ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका अनुसार सम्भवतः यसै चरणको वार्तामार्फत दुबैदेशसँग श्रम समझदारीको मस्यौदामा सहमति जुट्नेछ ।
मलेसियासँग भएको श्रम समझदारीभन्दा पनि उन्नत किसिमबाट एमओयू गर्ने गरी ओमानसँग एमओयूको मस्यौदा टुंग्याउन प्रयत्न हुने मन्त्रालयको दावी छ । ओमानसँग दुई चरणमा श्रम समझदारीका लागि मस्यौदा आदानप्रदान भसकेको छ । पहिलो चरणमा ओमानले पठाएको मस्यौदामा नेपालले चाहेजस्ता विषय उल्लेख नभएकाले नेपाली टोली नै सोही देश पुगेर एजेन्डा स्पष्टसँग राखेको थियो ।
नेपालले हालै युएईसँग एमओयूको मस्यौदा टुंग्याएको छ । अब ओमानसँग पनि अन्तर्राष्ट्रिय रुपमा स्थापित श्रम अधिकारका सवालहरुलाई सम्बोधन गर्नुपर्ने अडानसहित दोस्रो चरणको वार्ता हुन लागेको हो । ओमानसँग भने यसअघि कुनै दुईपक्षीय समझदारी भएको छैन । नेपालले श्रमिकको हक अधिकारलाई केन्ऽमा राखेर निःशुल्क भिसा प्रक्रिया तथा हवाई टिकट, राम्रो सेवा सुविधा, २४ घण्टे बिमा लगायतका मुद्दा समेटेर एमओयू गर्ने तयारी गरेको छ ।
एमओयू गर्दा श्रमिकलाई व्ययभार नपर्ने गरी आधारभूत अधिकार एवं सुरक्षाको ग्यारेन्टी गर्ने दावी मन्त्रालयको छ । यसअघि नेपाली टोलीले माघ १३ र १४ गते ओमनसँग श्रम समझदारीबारे वार्ता गरेको थियो । पारदशी भर्ना प्रक्रिया, शून्य लागतमा श्रमिक लैजाने, श्रमिकको हितमा सम्बन्धित देश जवाफदेही हुनुपर्ने, न्यूनतम तलब सुविधाको ग्यारेन्टी गर्नुपर्ने, अन्तर्राष्ट्रिय श्रम सिद्धान्त, मूल्य मान्यता एवं मापदण्ड अनुसारको व्यवसहार गरिनुपर्ने, कार्यस्थलको वातारण कमदारमैत्री हुनुपर्ने लगायतका विषयलाई नेपालले जोडका साथ उठाएको छ ।
ओभरटाइम, दुर्घटनासहितको २४ घण्टे बीमा हुनुपर्ने, आफन्त बिरामी भएमा तथा गम्भीर घटना भएमा बिदा दिइनुपर्ने, महिला श्रमिकलाई विशेष व्यवहार गर्नुपर्ने, स्वास्थ्य जाँच र भिसा प्रक्रियामा सिन्डिकेट गर्न नहुने लगायतका विषय श्रम समझदारीमै राख्नुपर्ने प्रस्ताव नेपालको छ । श्रमिकलाई कुनै समस्या पर्दा न्यायमा सजिलो पहुँच दिइुनुपर्ने लगायतका विषयमा सकेत नेपालले अडान राखेको छ ।






