पाकिस्तानी अलराउन्डर साहिद अफ्रिदीले गरे अचम्म लाग्दो खुलासा
एजेन्सी । साहिद अफ्रिदी सबैभन्दा कम उमेरमा एकदिवशीय शतक बनाउने खेलाडी हुन् । यी पाकिस्तानी अलराउन्डरले २३ वर्षअघि बनाएको विश्व कीर्तिमान अझै कसैले तोड्न सकेको छैन । सन् १९९६ मा भएको त्रिकोणात्मक एकदिवशीय शृंखलामा अफ्रिदीले पहिलोपटक सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा उत्रँदै थिए । उनले शृंखलाअन्तर्गत नैरोबीमा श्रीलंकाविरुद्ध भएको खेलमा ३७ बलमा शतक पुरा गरेका थिए ।
उनले एक साथ दुई विश्व कीर्तिमान बनाए, सबैभन्दा कम उमेर र सबैभन्दा कम बलमा एकदिवशीय शतक बनाउने खेलाडी । त्यतिबेला अफ्रिदीको उमेर १६ वर्ष दुई सय १७ दिन रहेको आईसिसीले उल्लेख गरेको छ । एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा १८ वर्षभन्दा कम उमेरमा शतक बनाउने अफ्रिदीबाहेक एक खेलाडी मात्र छन् । अफगानिस्तानका उसमान घानीले सन् २०१४ मा जिम्बावेविरुद्ध शतक बनाउँदा उनको उमेर १७ वर्ष दुई सय ४२ दिन थियो ।
सबैभन्दा कम बलमा एकदिवशीय शतक बनाउने खेलाडीका रुपमा अफ्रिदीको कीर्तिमान तोडिन १८ वर्ष लागेको थियो । सन् २०१४ मा न्युजिल्यान्डका कोरि एन्डर्सनले ३६ बलमा शतक बनाएका थिए । कोरिको कीर्तिमान एक वर्षपनि टिक्न सकेन । दक्षिण अफ्रिकाका एबी डे भिलियर्सले ३१ बलमा शतक बनाएका थिए सन् २०१५ मा ।
हालै सार्वजनिक भएको अफ्रिदीको आत्मवृतान्त ‘गेम चेन्जर’मा उनले आफू सन् १९७५ मा जन्मिएको तर सरकारी अधिकारीको गल्तिका कारण आफ्नो जन्ममिती सन् १९८० हुन गएको उल्लेख गरेका छन् । टिम गेममा खेलाडीको जन्म मिती जानाजान कम बनाउने गरिएको छ । यसका कारण उमेरस्तरको प्रतियोगितामा वास्तविकरुपमा बढि उमेरका खेलाडीले खेल्ने गरेको तथ्य पटकपटक सार्वजनिक हुने गरेको छ ।
पाकिस्तानकै युनिस खानले टी २० क्रिकेटबाट सन्यास लिँदा भनेका थिए ३४ वर्षको उमेरमा अब यो स्वरुपको खेल खेल्न सकिँदैन । त्यतिबेला अफिसियल रेकर्डमा युनिसको उमेर केवल ३१ वर्ष उल्लेख थियो । अफ्रिदी विश्व क्रिकेटका निकै प्रतिभावान खेलाडि मानिन्छन् । उनले यसै वर्ष भएको पाकिस्तान सुपर लिग पीएसएलमा ६ दशमलब ७४ इकोनोमिक रनरेटमा १० विकेट लिएका थिए । ४४ वर्षको उमेरमा पनि अफ्रिदीको खेल्ने जोस र क्षमता अझै कम भएको छैन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
