एजेन्सी । बुधबार रातिको च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले लिभरपुलमाथि ३–० को शानदार जित निकाल्यो । फाइनल प्रवेशको पहिलो लेगमा बार्साका लागि मेस्सीले दोस्रो हाफमा २ गोल गरे। यस दुई गोल मेस्सीको लागि महत्वपूर्ण रह्यो किनभने मेस्सीले ६ सय क्लब गोलको कोशेढुंगा पार गरे । रोनाल्डो र मेस्सीको यतिबेला क्लब स्तरको खेलमा समान ६–६ सय गोल छ ।
के भएको थियो ?
बुधबार राति खेलको ८२ औं मिनेटमा लियोनल मेस्सीले डिबक्स बाहिरबाट आकर्षक फ्रि–किक प्रहार गर्दै गोल गरेका थिए । यही गोल लिभरपुलका समर्थकका लागि असन्तुष्टिको विषय बनेको छ । मेस्सीले त्यस समय बल कुदाउँदै पास गर्छन् । सोही समयमा मेस्सीको चेकमा फाबिन्हो पुग्छन् । तर मेस्सीलाई उनले छुँदैनन् ।
मेस्सीको मुक्का
मेस्सीले उफ्रिएर फाबिन्होमाथि मुक्का प्रहार गर्छन् र भुँइमा लड्छन् । रेफ्रीले फाबिन्होले फल गरेको भन्छन् । उनलाई पहेलो कार्ड देखाएर बार्सालाई फ्रि–किको अवसर दिन्छन् । फ्रि–किकमा मेस्सीले आकर्षक गोल गर्छन् । बार्सालाई ३–० को अग्रता दिलाउँछन् । लिभरपुलका समर्थकले यस समयमा उल्टो मेस्सीलाई पहेलो कार्ड दिनुपर्ने भनाइ राखेका छन् ।
आकर्षक फ्रि–किक गोल
सामाजिक संजालमा यस विषय निकै उठेको छ । भिएआरको प्रयोग भएको भए मेस्सीले उक्त गोल नगर्ने उल्टै पहेलो कार्ड पाउने दाबी गरिरहेका छन् । युइएफएले यस ट्याकलको विषयमा पुनर्विचार गरी मेस्सीलाई फाइन गर्नुपर्ने उनीहरुको भनाइ छ ।






