• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

गर्भवति छोरी र ज्वाइँलाई बाबुले जिउँदै जलाए

काठमाडौं,२५ बैशाख । रुक्मिणी रणसिङ्‍घे १९ वर्षकी मात्र थिइन्। ६ महिनाअघि उनले आफूले प्रेम गरेको केटासँग विवाह गरिन्।तर रुक्मिणी र उनका पतिको जात नमिल्ने भएकाले उनीहरूको विवाहको निर्णयमा परिवारको सहमति थिएन।

जात नमिल्ने केटासँग रुक्मिणीले गरेको विवाहलाई लिएर उनको माइती पक्षमा असमझदारी यति धेरै बढ्यो कि एक दिन रुक्मिणीका पिता, काका र मामा मिलेर उनी र उनका पतिलाई जिउँदै जलाइ दिए।आफ्नो परिवारप्रतिको आक्रोशको मूल्य रुक्मिणीले आफ्नो ज्यान दिएर चुक्ता गर्नुपर्‍यो।

महाराष्ट्रको अहमदनगरको यो घटनाले अनर किलिङुको मामिलालाई फेरि एकपटक सबैका सामू ल्याइदिएको छ।रुक्मिणी अनुसूचित जाती एससीमा पर्ने पासी जातिकी थिइन् भने उनका पति मंगेश अन्य पिछडा वर्ग ९ओबीसी०मा पर्ने लौहार जातिका थिए।

दुवै जनाले ६ महिना पहिले प्रेम विवाह गरेका थिए।रुक्मिणीका पिता र परिवारका अन्य सदस्यहरू यो विवाहको विरूद्ध थिए।तर मंगेशका परिवारका सदस्यहरूले भने यो विवाहलाई स्वीकार गरेका थिए।

रुक्मिणीका देवर महेश रणसिङ्‍धेले बताए अनुसार उनीहरूको विवाहमा रुक्मिणीको माइती पक्षबाट उनकी आमा मात्र आएकी थिइन्।महेशले भने, ूविवाहपछि पनि रुक्मिणीका घरका सदस्यहरूले यो नाताको विरोध गरिरहेका थिए। मंगेश र रुक्मिणीलाई सडकमासँगै देख्दा उनीहरू धम्की दिन्थे। त्यसबाट हैरान भएर मंगेश र रुक्मिणीले गत फेब्रुअरीमा अहमद नगरस्थित परनेर प्रहरी चौकीमा उजुरी दर्ता गराएका थिए।

त्यस्तै खाले तनावका बीच ३० एप्रिलमा रुक्मिणीका माता(पिताले उनलाई आफ्नो घर बोलाएका थिए।घर गएपछि उनीहरूले रुक्मिणीलाई पिटे। स्रोतको अनुसार रुक्मिणी दुई महिनाकी गर्भवती भएको जनाईएको छ ।पिटाइ खाएपछि रुक्मिणीले त्यसै रात मंगेशलाई फोन गरेर परिवारका सदस्यहरूले आफूलाई पिटेको जानकारी दिइन्।

उनले मंगेशलाई आफ्नो माइतीमा आएर लिएर जान आग्रह गरिन्।त्यसको भोलिपल्ट अर्थात् मे १ तारिखमा मंगेश रुक्मिणीको माइत पुगे।त्यसबेला उत्तरप्रदेशमा बस्ने रुक्मिणीका काका र मामा पनि त्यहाँ आएका थिए।त्यस दिन रुक्मिणीको विवाहलाई लिएर त्यहाँ ठूलै झगडा भयो।रुक्मिणीका काका र मामाले रुक्मिणी र उनका पतिलाई कुटपिट गरे।

त्यसपश्चात् उनीहरूले दुवै जनालाई डोरीले बाँधेर पेट्रोल छर्किए अनि आगो लगाइदिए।उनीहरूले नव दम्पतीलाई बाँधेर आगो मात्र लगाएनन्, घरभित्र बन्द गरिदिएर बाहिरबाट ढोका समेत लगाइदिए।महेश रणसिंघेका अनुसार घरबाट आएको दर्दनाक चित्कार सुनेपछि छिमेकीहरू घटनास्थल पुगेका थिए।

उनीहरूले एम्बुलेन्स बोलाएर मंगेश र रुक्मिणीलाई पुर्णे लिएर गए। उपचारका लागि ससून अस्पतालमा भर्ना गराए।तीन दिनपश्चात् ५ मे मा रुक्मिणीको मृत्यु भयो।उनलाई अस्पताल भर्ना गराउँदा रुक्मिणीको अवस्था गम्भीर थियो।

उनको शरीरको ६० देखि ६५ प्रतिशत हिस्सा जलिसकेको थियो।ससून अस्पतालका चिकित्सकहरूका अनुसार मंगेशको अवस्था पनि गम्भीर भइसकेको छ। हाल उनको उपचार भइरहेको छ। मंगेशको शरीरको पनि ४० देखि ४५ प्रतिशतसम्म हिस्सा जलेको छ।

रुक्मिणीको घर नजिकै बस्ने सञ्जय बेदीले भने, घरबाट धुवाँ उडिरहको थियो तर ढोका बन्द थियो। हामीले ढोका फुटायौँ र एम्बुलेन्सलाई फोन गर्‍यौं।बेदीका अनुसार उक्त परिवारबारे उनलाई खासै जानकारी छैन।

उनले उत्तर प्रदेशबाट आएको उक्त परिवार विगत ८ महिनादेखि त्यहाँ बसोबास गरिरहेको जानकारी दिए।परनेर प्रहरी चौकीमा यसबारे एउटा उजुरी दर्ता गरिएको छ। रुक्मिणीका मामा घनश्याम र काका सुरेन्द्र बाबुलाल भारती उर्फ बिल्लू पण्डितलाई गिरफ्तार गरिएको छ।

अहमद नगरका प्रहरी मनीष कलवानियाले भने, प्रहरीले रुक्मिणीका पिता रामा रामफल भारतीको खोजी गरिरहेको छ। घटनास्थलबाट प्रहरीले पेट्रोलको एक बोतलसहित अन्य सामानहरू बरामद गरेको छ। घटनाको जाँच अहिले जारी छ।रुक्मिणीका देवर महेश भने प्रहरीले बेवास्ता गर्दा उनको परिवारले यस्तो भोग्नुपरेको आरोप लगाउँछन्।

उनी भन्छन्, हामीले रुक्मिणीको परिवारले मंगेश र रुक्मिणीलाई धम्की दिइरहेका छन् भनेर निक्सोज र परनेर प्रहरी चौकीमा उजुरी दर्ता गराएका थियौँ। गत फेब्रुअरीमा प्रहरीलाई धम्कीबारे बताएका पनि थियौँ। यो घटनाको ठीकअघि पनि हामीले लगातार धम्की पाइरहेको भनेर प्रहरीलाई खबर गरेका थियौँ।

उनलाई प्रहरीले चाँडै नै आफ्नी भाउजुको हत्यामा सामेलहरूलाई सजाय हुने र आफ्नो परिवारलाई न्याय मिल्ने आशा छ।एजेन्सीको सहयोगमा

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.