Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

भुवन केसीले लगाए प्रधानमन्त्री ओलीमाथि गम्भिर आरोप, सरकारसँग गरेको अपेक्षा पूरा हुँदैन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, बैशाख, २६
भुवन केसीले लगाए प्रधानमन्त्री ओलीमाथि गम्भिर आरोप, सरकारसँग गरेको अपेक्षा पूरा हुँदैन

भुवन केसी, नायक : हामीले लामो संघर्षपछि देशमा नयाँ स्थायी सरकार पाएका छौं । अब त जनताले विगतका समस्या हल होला र देश सुन्दर र समृद्ध होला भनेर अपेक्षा गरेर बसिरहेका छन् । तर, अहिले यो ठूलो सरकारले जनताका खास समस्यामाथि सम्बोधन गर्न सकिरहेको छैन । देशको समस्यालाई भन्दा पार्टीको समस्यालाई मूल मुद्दा बनाएर अघि बढिरहेको अवस्था छ ।

यसरी अघि बढियो भने हामीले पाँच वर्षको अवधिमा सरकारसँग जुन किसिमको अपेक्षा र आशा गरेका छौं त्यो पाउन सक्दैनौं । त्यसलै सरकारका हरेक काम क्रियाकलापले देशको समस्त क्षेत्रलाई समेटेको हुनुपर्छ । उसका हरेक कदम, काम र बोली जनताको पक्षमा हुनुपर्छ । तर, अहिले हाम्रो देशका कामभन्दा बढी गफ भइरहेको छ । कला क्षेत्रमा पनि सरकारले राम्रो लगानी गर्न सकेको छैन । देशको कला बुझ्न सकिरहेको छैन ।

सरकारका सबैको आशाको केन्द्र हो । सरकारसँग देशभित्र रहेका हरेक पक्षका माग, आवश्यकता र चाहना अडिएका हुन्छन् । ती आवश्यकता सरकारले सहजै पूर्ति गराउन सकेको हुनुपर्छ । पछिल्लो समय सरकारले धेरै लोकप्रिय योजना बनाए पनि ती योजनामाथि पारदर्शी दगले काम गर्न सकिरहेको छैन ।

हामीले विकासका काम गर्ने हो र तनमनका साथ लागिपर्ने हो भने नेपाललाई सम्पन्न र समृद्ध बनाउन धेरै समय लाग्दैन । यो पाँच वर्षमा हामीले अरूलाई चुनौती दिने गरी उदाहरणीय काम गरेर देखाउन सक्छौं । मात्रै सरकार र त्यहाँका आम नागरिक जोसिलो भएर अघि बढेको हुनुपर्छ । त्यसबाहेक यदि जनताका समस्या हल गर्नको लागि सरकारले आफ्नो स्रोत साधन प्रयोग गर्ने हो भने हामीले चाहेको समृद्धि छोटो समयमै प्राप्ति गर्न सकिन्छ ।

यद्यपि हामीले अहिले नै आत्तिनुपर्ने बेला आएको छैन । हामीले काम गर्ने हो र देशलाई बनाउँछु भनेर लागिपर्ने हो भने समय र सम्भावना प्रशस्तै छन् । त्यसकारण सरकारले विश्वास जगाउने गरी परिपक्व ढंगले विकासका काम गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

Top Changing Nepal

युट्युब सट्स