• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१२ असार २०८३, शुक्रबार
१२ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत
  • ६ घण्टा 

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
  • ८ घण्टा 

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य
  • ११ घण्टा 

छोराको कुटपिटबाट आफ्नै आमाको निधन
  • १२ घण्टा 

कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट
  • १२ घण्टा 

२०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १५ घण्टा 

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • १ दिन 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • १ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म फाइनान्स : एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंकबीच समझदारी

  • २. सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

  • ३. भारतमा फेला पर्याे ५० टनको सुनखानी, चार ठाउँमा छन् यस्ता सुनखानी

  • ४. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ५. २०८३ असार १३ गते शनिबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • ७. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ८. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • १०. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

‘टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ?’

admin २०७६, बैशाख, ३१

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले स्वतन्त्र प्रेसलाई कमजोर बनाउने काम नहुने बताउनुभएको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सौराहाको फाइवर टु द होम सेवाको आज उद्घाटन गर्दै उहाँले प्रेसका नाममा छाडातन्त्र गर्ने काम भने स्वतन्त्रताको मूल्य र मानक नभएको बताउनुभयो । 

सरकार प्रेसप्रति पूर्वाग्राही नभएको स्पष्ट गर्दै उहाँले विधेयक ल्याउँदा विदेशी र स्वदेशी प्रचलनसमेत हेरिएको बताउनुभयो । अमेरिकामा पनि एक करोडसम्मको जरिवाना हुने गरेको छ भन्दै उहाँले आतङ्कवादलाई संरक्षण गर्दै लेखेमा मृत्युदण्डसमेत दिइने गरेको बताउनुभयो । सामाजिक न्यायको हिसाबले पनि विषयलाई हेर्नुपर्नेछ भन्दै उहाँले पेश गरिएका र पेश गर्न लागेका कानूनी कुरा स्वस्थ, मर्यादित र जिम्मेवार भएर अन्तरराष्ट्रिय प्रचलन हेरेर पेश गरिरहँदा त्रुटि देखिएमा भने ती कुरालाई हमेसा स्वागत गरिने बताउनुभयो । 

अरु नै मनमा कुरा राखेर चलाइएको होहल्लाबाट प्रभावित हुन नसक्ने बताउँदै मन्त्री बाँस्कोटाले भन्नुभयो, “बहिष्कार आदि इत्यादिको अर्थ छैन । सत्ता लुछेर, कु गरेर आएको चिज होइन । यो जनताद्वारा निर्वाचित सरकार हो ।” संवाद भने जरुरी रहेको र गर्नुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सत्ता हेरेर कानून बन्दैन, लोकतन्त्र हेरेर कानून बन्नुपर्छ, संविधान हेरेर कानून बन्नुपर्छ ।”

शान्ति, सुशासन, समृृद्धि  र राजनीतिक स्थिरतालाई भत्काउने केही तत्व सक्रिय छन् भन्दै उहाँले प्रश्न गर्नुभयो “टेलिफोनका टावरमाथि बम प्रहार गर्ने कुरा बहादुरी हो भनेर लेख्ने कुन पत्रकारिता हो ?” यस्तो पत्रकारिता हो कि पत्रकारिताको खोल ओढेको आतङ्कवादको संरक्षक हो वा प्रचारक हो भन्ने प्रश्न गर्दैै उहाँले भन्नुभयो,“के संसारमा आतङ्कवादी गतिविधिलाई प्रेस स्वतन्त्रताको ढालले रोक्न सक्छ, छेक्न मिल्छ ?” समाचार लेखेर कोही पनि पक्राउ पर्दैन भन्दै उहाँले गलत मिशनमा लागेर शान्ति र न्यायलाई चुनौती दिने हकमा कानून सक्रिय हुने बताउनुभयो । 

अधिकार पानामा लेखेर नहुने बताउँदै उहाँले भन्नुभयो,“आर्थिक सुनिश्चितता त्यसको पहिलो आधार बन्छ, अनि मात्र स्वतन्त्र प्रेस हुन्छ, सम्पादकीय स्वतन्त्रता बाँकी रहन्छ । हामीले गर्न खोजेको त्यत्ति हो ।” उहाँले थप्नुभयो, “नियमन हामी गछौंँ, संसारभरि नै यो हुन्छ ।” संविधानभन्दा बाहिर कुनै पनि कानून नबन्ने बताउँदै उहाँले प्रायोजित आन्दोलनको कुनै ओखती नहुने बताउनुभयो । कोही साथी कुरै नबुझी दौडिरहेको बताउँदै उहाँले भन्नुभयो, “तपाईंले लेखेपछि जवाफदेहिता बोक्नुपर्छ, पुष्टि गर्नुपर्छ । त्यत्तिकै आरोप लगाउन पाइँदैन ।” 

सरकारले अहिले समानुपातिक विज्ञापन प्रणाली लागू गर्न खोजेको भन्दै उहाँले यसले साना मिडियालाई सहयोग पुग्ने बताउनुभयो । क्लिन फिड लागू हुँदा रु छ –सात अर्ब जोगिने पनि उहाँले बताउनुभयो । कालो झण्डा लिएर हिँड्नेसँग नडराउने भन्दै उहाँले भन्नुभयो, “प्रजातन्त्रमा कालो झण्डा, जुलुस सबै खाउँला तर लोकतान्त्रिक प्रणालीलाई सुढृढीकरण बनाउने कुरामा पछि हट्दैनाँै ।”  मन्त्री बाँस्कोटाले सरकारले पत्रकारलाई न्यूनतम पारिश्रमिक दिनुपर्छ भनेको तर दिनुहुँदैन भन्नेको मोर्चाबन्दी बनेकामा असन्तोष व्यक्त गर्नुभयो । कार्यक्रममा उहाँले सरकार राष्ट्रको समृद्धिका लागि डिजिटल नेपाल अभियानमा लागिपरेको बताउनुभयो । 

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उच्च गुणस्तरको भिडियो, डाटा र भ्वाइस प्रवाह शुरु गरिएको छ भन्दै निकट भविष्यमा टेलिभिजन सेवासमेत सञ्चालनमा ल्याइने बताउनुभयो । 

फोर जी सेवाका लागि उपकरण ल्याउने क्रम जारी छ भन्दै उहाँले आउँदो साउन÷भदौदेखि देशका प्रमुख शहरमा फोरजी सञ्चालनमा ल्याइने बताउनुभयो । कार्यक्रममा प्रदेशसभा सदस्य कृष्ण खनाल, रत्ननगर नगरपालिका प्रमुख नारायण वन,  टेलिकमका क्षेत्रीय निर्देशनालय वीरगञ्जका निर्देशक अमलेन्दुनारायण सिंहलगायतले बोल्नुभएको थियो ।  कार्यक्रममा मन्त्री बाँस्कोटाले रत्ननगर नगरपालिकाका प्रमुख वनलाई टेलिफोन गरी सेवाको शुभारम्भ गर्नुभएको थियो । 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध
छोराको कुटपिटबाट आफ्नै आमाको निधन
ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

ताजा

महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

छोराको कुटपिटबाट आफ्नै आमाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.