• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२६ चैत २०८२, बिहीबार
२६ चैत २०८२, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

Xiaomi has introduces entry level phone REDMI A7 in Nepali market
  • ६ घण्टा 

यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा
  • ६ घण्टा 

नेपाली बजारमा सस्तो मूल्यमा रेड्मी ए–सेभेन स्मार्टफोन सार्वजनिक
  • ७ घण्टा 

शेयर बजारमा १३ अंकको गिरावट,उत्पादन समूह हालसम्मकै उच्च स्तरमा
  • ८ घण्टा 

रमादा इटहरीमा उल्लासपूर्ण नयाँ वर्षको रोमान्चक रात
  • ९ घण्टा 

तरलता नियन्त्रण गर्न राष्ट्र बैँकले १ खर्ब २५ अर्ब रुपैँया निक्षेप संकलन गर्ने
  • ९ घण्टा 

आज सुनको मूल्यमा वृद्धि,कतिमा हुदैछ कारोबार
  • ११ घण्टा 

दुई दिने सार्वजनिक बिदा निर्णयप्रति नेसनल प्याब्सनको चिन्ता, शैक्षिक क्यालेण्डर प्रभावित हुने चेतावनी
  • १३ घण्टा 

इन्धनमा भारी मूल्यवृद्धि : पेट्रोल, डिजेल र ग्यास महँगिँदा पनि निगम घाटामा
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. कालिन्चोक हाइड्रोपावरको आईपीओ आजदेखि सर्वसाधारणका लागि खुला

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. एपोलो हाइड्रोपावरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि कति ?

  • ५. वाणिज्य बैंकको नाफा सामान्य वृद्धि : फागुनसम्म ४३ अर्ब ८८ करोड कमाइ

  • ६. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ७. राष्ट्र बैंकद्वारा ४० अर्ब निक्षेप संकलन

  • ८. कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • ९. सुनको मूल्य तोलामा दुई हजार छ सय रूपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

त्रिविको चरम लापरबाही, पास भएका विद्यार्थीको मार्कसिटमा तारा

२०७६, जेष्ठ, ५

काठमाडौं । मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयकै परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ । यो अपत्यारिलो सत्य हो । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुगेका हरेक सेवाग्राही स्वतः यसको साक्षी बन्ने गरेका छन् । त्यहाँ पुग्ने सेवाग्राहीले विभिन्न खाले समस्या झेल्न बाध्य हुने गरेका छन् । मार्कसिट र ट्रान्सक्रिप्टमा पटकपटक दोहोरिने लापर्बाही, कर्मचारीको ढिलासुस्ती, सेवाग्राहीलाई हेयको भावले हेर्ने प्रवृत्ति, लामो लाम, कामको चाप यसका मुख्य विशेषता हुन् ।

६० आंगिक र एउटा केन्द्रीय क्याम्पस भएको त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय भने एउटा मात्र छ । देशैभरका विद्यार्थीले सेवा लिन आउने भएकाले अत्यधिक चाप हुने गरेको यो कार्यालय कमजोर सेवा प्रवाहको उदाहरण भएको छ । पनिकाका समस्या एक/दुई मात्र छैनन् । सबैभन्दा ठूलो समस्या भनेको यो कार्यालय अहिले पनि प्रविधिमैत्री बन्न सकेको छैन । केही महिनाअघि २४ घण्टाभित्र ट्रान्सक्रिप्ट दिने घोषणा गरिए पनि व्यवहारमा लागू भएको छैन । त्यो सेवा पनि केही संकाय र तहका लागि सीमित गरिएको छ ।

ट्रान्सक्रिप्ट निकाल्दा केही विद्यार्थीहरूको नाम र थर नै बिग्रिएर आउने गरेको छ भने केहीको उत्तीर्णाङ्क नै तल माथि परेर आउने गरेको छ । कतिपय विद्यार्थीको नाम, ठेगाना नै फरक पर्ने गरेको छ । उत्तीर्ण विद्यार्थीहरूको पनि नतिजा अनुत्तीर्ण भएर आउने गरेको छ भन्ने खबर राजधानी दैनिकमा छ । जसको प्रत्यक्ष मारमा विद्यार्थी परेका छन् । पनिकाको गैरजिम्मेवारीपन र बेवास्ताका कारण ट्रान्सक्रिप्ट निकाल्न विद्यार्थीहरूले १५ दिनदेखि एक महिनासम्म कुर्नुपर्ने बाध्यता छ ।

सास्ती नै सास्ती
ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत पुनाराम शर्माले दोस्रो सेमेस्टर २०७५ मा उत्तीर्ण गरे । तर, उनको नतिजामा दुईवटा तारा लागेर आयो । २०७४ साउनमा नियमित अन्तर्गत दोस्रो सेमेस्टर दिएका शर्मा तीनवटा विषयमा पहिलोपटक अनुत्तीर्ण भए । शर्माले भने,‘ दोस्रोपटक परीक्षा दिँदा उत्तीर्ण भएको हुँ । तर, तीनवटै विषयमा दुई/दुईवटा तारा लागेर आएको छ । म एकदम चिन्तित छु ।’

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो छ आजको मौसम पुर्वानुमान
सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ 
पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुका प्रभावले देशभर मौसम बदली : यी स्थानमा चट्याङ्गसहित वर्षा हुने

ताजा

Xiaomi has introduces entry level phone REDMI A7 in Nepali market

यामाहा नेपालद्वारा दुईपाङ्ग्रे सवारीको भव्य मेला “ब्लु फेस्ट” को घोषणा

नेपाली बजारमा सस्तो मूल्यमा रेड्मी ए–सेभेन स्मार्टफोन सार्वजनिक

शेयर बजारमा १३ अंकको गिरावट,उत्पादन समूह हालसम्मकै उच्च स्तरमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.