कोन्ज्योसोम गाउँपालिकाका रमणीय स्थलको दुइ दिने पद यात्रा सम्पन्न
ललितपुर कोन्ज्योसोम,
दिपक गौतम
काठमाण्डौ बाट नजिक रहेको पर्यटकीय स्थल कोन्ज्योसोम गाउपलिका प्रचारप्रसारको अभावमा पछि परिरहेको सन्दर्भमा “प्रकृति र संस्कृतिको संगम कोन्ज्योसोमको संरक्षण र पवर्धन ” भन्ने नारा सहित जेठ ३ र ४ गते “कोन्ज्योसोम पदयात्रा २०७६ सम्पन्न भएको छ ।
कोन्ज्योसोम विकास समितिको योजना तथा कोन्ज्योसोम गाउपलिकाको प्रयोजनमा सम्पन्न भएको पद यात्रामा जनप्रतिनिधि, सरोकार वाला ,पत्रकार तथा स्थानीय लगायत करिब १ सय पचास जना लाइ सहभागी गरिएको थीयो । उक्त्त पद यात्रा सम्पन्न गर्न भारदेउ मिनी रिसोर्ट ,नेशनल भेइकल सर्भिश प्रा लि ,भिसा ट्राभल्स एण्ड टुर्स प्रालि, पेपुंग निर्माण सेवा प्रालि लगयतको सहकार्य रहेको थियो ।
सो पद यात्राको क्रममा निकैनै मन मोहक र रमणीय दृश्यले लोभ्याएको सहभागी हरुले बताएका थिए भने पद यात्रामा सहभागी भएका हरुलाई स्थानीय हरुले भब्य साथै पारिवरिक रुपमा स्वागत सत्कार गरेका थिए ।एक पटक कोन्ज्योसोम पुगेको पर्यटक फेरी दोहोर्याई तेहेर्याई जाने बातावरण कोन्ज्योसोम मा पाएको सहभागीले बताएका छन ।
पक्कै पनि कोन्ज्योसोम पुगे पछि काठमाडौँ उपत्यका भित्र कै ललितपुरमा पनि पर्यटकीय सम्भावना रहदा रहदै पनि प्रचार प्रसारको अभावमा पछि परेको भान हुन्छ । गाउले जीवन शैली , स्वच्छ हावापानी धार्मिक तथा संस्कितिक बाहुल्यता र प्रकितिक मनोरम दृश्यहरुले सम्पन्न कोन्ज्योसोमको प्रचार परचारमा यसैगरी ध्यान दिने हो भने आन्तरिक तथा बहिय पर्यटकहरुको लागि उचित गन्तब्य रहने देखिन्छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
