Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

पाँचथरमा दुई परिवारका नौ जनाको हत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, जेष्ठ, ७
पाँचथरमा दुई परिवारका नौ जनाको हत्या

पाँचथर, ७ जेठ । पाँचथर जिल्लामा दुई परिवारका ९ जनाको हत्या भएको छ ।

मिक्लाजुङ गाउँपालिका ३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको हत्या भएको हो । एक बालिका घाइते छिन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौडेलले २ परिवारका ९ जनाको हत्याको जानकारी पाएपछि प्रहरी घटनास्थल जान लागेको मंगलबार बिहान जानकारी दिए ।

१ बालिका घाइते भएकी छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

हत्या कसले किन गरेको खुल्न सकेको छैन । प्रहरी टोली हत्या भएको स्थलतर्फ लागिसकेको छ ।

Top Changing Nepal

युट्युब सट्स