चन्दाले चलाउने भइन् ५० अर्बको साम्राज्य
चन्दा शेर्पा यति एयरलाइन्सको प्रबन्ध निर्देशक नियुक्त भएपछि आङछिरिङ शेर्पाको ५० अर्बको व्यसायिक साम्राज्यको नेतृत्वको टुंगो लागेको छ । ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा परी निधन भएका शेर्पाको एयरलाइन्स, पर्यटन उद्योग, व्यवसायिक भवनलगायतमा ठूलो लगानी छ । एयरलाइन्सको प्रबन्ध निर्देशक चन्दाले व्यवसायमा प्रत्यक्ष संलग्न भएर नेतृत्व लिएकी छिन् ।
आङछिरिङका दाजु लाक्पा सोनाम शेर्पा र छोराहरुले चन्दालाई व्यवसायमा टेवा दिनेछन् । चन्दाले यति एयरलाइन्सको प्रबन्ध निर्देशकको नियुक्ति लिएलगत्तै नेपालको इतिहासमा सबैभन्दा बढी पूँजी रहेको कम्पनिको प्रबन्ध निर्देशक बन्ने कीर्तिमान कायम गरेकी छिन् ।
पतिको निधनपछि राजनीतिमा महिलाको उदय भइरहेको सन्दर्भमा व्यवसायिक क्षेत्रमा समेत महिलाको उदय भएको छ । सफल व्यवसायीको परिचय बनाएका आङछिरिङलाई चन्दाले साथ दिदै आएकी थिइन् । अब उनी प्रत्यक्ष नेतृत्वमा आएपछि ५० अर्बको साम्राज्य कसरी अगाडि बढ्छ प्रतिक्षाका विषय बनेको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
