लिभरपुलले जित्यो च्याम्पियन्स लिगको उपाधि
जानकारी केन्द्र
२०७६, जेष्ठ, १९
काठमाडौं, १९ जेठ । टोटनह्याम हट्सपरलाई हराउँदै लिभरपुलले यो वर्षको युएफा च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । गएराति स्पेनको मड्रिडमा भएको फाइनलमा लिभरपुल २–० ले विजयी भयो । लिभरपुलका लागि मोहमद सलाह र डिभोक ओरिगीले एक–एक गोल गरे ।
खेलको पहिलो मिनेटमै सलाहको पेनाल्टी गोलमा लिभरपुलले अग्रता बनाएको थियो । ८७ औं मिनेटमा ओरीगीले एक गोल थप्दै लिभरपुलको जित पक्का गरे ।
गएरातिको जितसँगै लिभरपुल छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । साथै उसले अघिल्लो सिजनको फाइनलमा रियाल मड्रिडसँग भोगेको हारको पीडा पनि भुलाएको छ । उता पहिलो पटक फाइनलमा पुगेको टोटनह्यामका लागि भने गएरातिको खेल अनुभवमा मात्रै सिमित बन्यो । एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
