सोलुखुम्बुमा विप्लव आतंक : यस्तो छ घटनाको नालीबेली
जेठ २०, काठमाण्डौ । गएराति नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले सोलुखुम्बुको एक प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको हल्ला फैलियो । सशस्त्र आक्रमणको त्रासले प्रहरीले चौकी नै छाडेकोसमेत बताइएको छ । तर यो हल्लालाई प्रहरी र विप्लव दुवै पक्षले निराधार भएको भन्दै खण्डन गरेका छन् । यद्यपी उक्त क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । यो घटनाले सरकारलाई पनि झस्काएको छ ।
सरकारले गत फागुन २८ गते प्रतिबन्धको घोषणा गरेसंगै विप्लव समुहले आफ्नो गतिविधि पनि तिव्र पार्दे गएका छन । यसैको पछिल्लो उदाहरण आइतबार राती सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा रहेको प्रहरी चौकीमा आक्रमणको प्रयास भएपछि त्याहांबाट प्रहरीहरु नै विस्तावित हुनुपरेको बताइएको थियो । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा रहेको प्रहरी चौकीमा आईतवार राती बिप्लप समुहमा आवद्ध केही कार्यकर्ताले आक्रमणको प्रयास गरेको स्थानीयको दावी छ । प्रहरी नै भाग्नुपर्ने गरी विप्लवका कार्यकर्ताले आक्रमणको प्रयास गरेको भन्ने हल्लालाई नेपाल प्रहरीले भने निराधार भनेको छ । प्रहरी प्रवक्ता विश्वराज पोखरेलले विप्लव समुहले चौकी आक्रमण गर्न खोजेको हल्लाको खण्डन गरेका हुन् ।
प्रहरीले यसलाई अस्वीकार गरिरहँदा विप्लव नेतृत्वको नेकपाले पनि प्रहरीको दावीलाई बल पुग्ने गरी विज्ञप्ति निकालेको छ । विप्लव समुहले पनि उक्त घटनालाई सरकारले सुनियोचित भएको भन्दै विज्ञाप्ती जारी गर्दै खण्डन गरेको हो । यो घटनासंगै नेपाली राजनितिमा कहीकतै फेरी पनि मुलुकमा जनयुद्ध हुने त होइन भन्ने विश्लेषण हुन थालेको छ ।
चौकी छाडेर प्रहरी भागेको भनिएको सोलुखुम्बुको महाकुलुङमा थप सुरक्षाकर्मी पठाइएको छ । काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली समेत पठाइएको छ । तर तिनिहरुलाई घटना बिशेषको लागि खटाइएको नभएर नियमित सर्चमा पठाइएको प्रहरीले दाबी गरेको छ ।
सुरक्षा निकायले यसो भनिरहदां गृहमन्त्री राम बहादुर थापाले सोमबार गृहमन्त्रालयमा आकस्किम बैठक सेमत बसे । र सुरक्षा निकायका प्रमुखहरुलाई विप्लव समुहको गतिविधिमाथि गंम्भिररुपमा नियाल्न समेत गृहमन्त्री थापाले निर्देशन दिइसकेका छन । पछिल्लो समय देशका विभिन्न स्थानमा बम आतंक फैलाएको विप्लव समुहले सशस्त्र द्धन्द्ध नै गर्न लागेको हो कि भन्ने त्रास भने फैलिएको छ ।
सरकारले विप्लव समुहलाई कमजोर सोच्न नहुने भन्दै उनीसंगै अन्य शत्तिहरु पनि मिलेर ठुलै युद्धहुन सक्नेतर्फ राज्य सचेत हुनुपर्नेमा विश्लेषकहरुले आवश्यकता औल्याएका छन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
