• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • ८ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • ११ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • ११ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • १२ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • १२ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १३ घण्टा 

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी
  • १३ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • १४ घण्टा 

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

लघु, घरेलु तथा साना उद्योगको ब्राण्डिङ गरौंः उद्योगमन्त्री यादव

admin २०७६, जेष्ठ, २२

जेठ २२, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले लघु, घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक समृद्घिको मुख्य आधार भएको भन्दै यस्ता उद्योगहरुको ब्राण्डिङमा जान सुझाव दिनुभएको छ ।

राजधानीमा बुधबारदेखि शुरु भएको ‘राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा उत्कृष्ट लघु घरेलु तथा साना उद्यमी पुरस्कार–२०७६’ को उद्घाटन गर्दै उहाँले भन्नुभयो – ‘नेपालीको क्रयशक्ति बढेको छ हामी ब्राण्ड खोज्छौं, तर विना ब्राण्डका नेपाली उत्पादन हेर्ने वित्तिकै मनपर्छ त्यसैले हाम्रा उद्योगको प्रविधि सुधार गर्दै आफ्नै ब्राण्ड बनाऔं ।’

नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उद्योग विभागको आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको सह–आयोजनामा बुधबारदेखि भृकुटीमण्डप, काठमाडौंमा ३० औं राष्ट्रिय लघु, घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ को नामबाट शुरु भएको छ ।

मुलुकमा उद्योग धन्दा सञ्चालन र विकासको वातावरण बनाउनेतर्फ सरकार केन्द्रित रहने भन्दै उहाँले  स्वदेशी उद्योगहरुको विकास विना आर्थिक समृद्धिको कल्पना गर्न नसकिने बताउनुभयो । 

उहाँले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने सरकारको नारालाई पुरा गर्नका लागि यस्ता उद्योगहरुको प्रवद्र्घन, विकासमा ध्यान दिनुपर्ने आवश्यकता उहाँले औैंल्याउनुभयो ।

आर्थिक समृृद्घिको अभियानमा कुनै पार्टी या समुह नभनेर सबैलाई समेटेर अगाडि बढ्ने भन्दै मन्त्री यादवले भन्नुभयो –‘मुलुकमा  ८०–९० वर्षदेखिको राजनीतिक व्यवस्था परिवर्तको आन्दोलन सकिएको छ, अबको आन्दोलन भनेको आर्थिक समृद्घिका लागि हो ।’

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याउँदै आएका साना तथा घरेलु उद्योगहरुका लागि आगामी आर्थिक वर्षको बजेटमा प्रोत्साहन गर्ने हिसाबको बजेट विनियोजन भएको बताउनुभयो ।

उद्योगको क्षेत्रमा लगानी गर्नको लागि केही पछाडी परेको स्वीकार गर्दै उहाँले अब यस्तो समस्या नदोहोरिने भन्दै आगामी वर्षको बजेटले उद्योगलाई उचित प्राथमिकता दिएको बताउनुभयो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा विकराल बन्दै गएको बेरोजगारी समस्याको समाधान र कृषिजन्य उत्पादनको उचित उपयोग गर्ने माध्यम भनेकै लघु, घरेलु तथा साना उद्योग भएको बताउनुभयो ।

उत्पादक र उद्यमी नागरिक निर्माणका लागि सरकारले पूर्वाधार विकासमा सघाउने भन्दै उहाँले सरकारले स्वदेशी उत्पादनलाई अन्तराष्ट्रिय मुलुकमा निर्यात गर्न सहजीकरण गर्नका लागि आवश्यकीय कुटनीतिक पहल गर्नका लागि अन्तराष्टिय« नियोगसँग सहकार्य गर्ने समेत बताउनुभयो ।

आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य माध्यम लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्घन र विकासबाट मुलुकको आर्थिक विकास र समृद्धि सम्भव भएको बताउँदै उहाँले यस्ता उद्योगहरुको प्रवद्र्घन र विकासका लागि प्राथमिकतामा राख्दै सरकार अगाडि बढ्ने भनाई राख्नुभयो ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले स्वदेशमा उत्पादित वस्तुहरुलाई प्रदर्शनीको माध्यमबाट क्रेता बिक्रेताबीच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गर्ने, राष्ट्रियस्तरमा माग अनुरुपका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्ने र मुलुकभरका उद्यमीहरुको सीप, प्रविधि र उद्यमशिलताको कदर गरि राष्ट्रिय स्तरमा सम्मान र पुरस्कृत गर्ने उद्देश्यका साथ ३०औँ राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रदर्शनी–२०७६ को आयोजना गरिएको बताउनुभयो ।

घरेलु विभागका महानिर्देशक विनोदप्रकाश सिंहले औद्योगिक प्रदर्शनीमा ताप्लेजुङदेखि कञ्चनपुरसम्मका लघु घरेलु उत्पादन प्रदर्शनी एवं बिक्रीमा रहेको जानकारी दिनुभयो । 

मुलुकभर उत्पादन भएका स्वदेशी वस्तुहरुको प्रयोगलाई प्रवर्धन गर्न आम नागरिकमा प्रचार प्रसार गर्ने, यस्ता वस्तुको उत्पादकत्व अभिबृद्धिका लागी प्रतिष्पर्धी सम्भावनाको खोजिगर्ने,  गुणस्तर, प्याकेजिङ, ब्राण्डीङ तथा समग्री बजार रणनीतिबारे सहभागि एक अर्का उद्यमीबाट अनुभव साटासाट गरी प्रतिष्पर्धी हुन अभिप्रेरित गर्र्ने, क्रेता विक्रेता बिच सम्पर्क बढाई बजार प्रवद्र्धनमा सहयोग गर्ने, माग अनुरुपका वस्तु उत्पादन गर्न उद्यमीलाई प्रोत्साहन गर्ने र मुलुकभरका उद्यमीहरुको सीप, प्रविधि र उद्यमशिलताको कदर गरि राष्ट्रिय स्तरमा सम्मान र पुरस्कृत गर्ने प्रदर्शनीको उद्देश्य रहेको उहाँले बताउनुभयो ।

“आर्थिक समृद्धिका लागि उद्योग खोलौं, औद्योगिकरणका लागि सवै जुटौं” भन्ने मूल नाराका साथ आगामी आइतबारसम्म सञ्चालन हुने प्रदर्शनीमा जम्मा २०० लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको स्टल रहेको छ । सो मध्ये ७७ जिल्लाबाट प्रति जिल्ला कम्तिमा एक उद्यमीको सहभागिता सुनिश्चितता गरिएको छ ।

प्रदर्शनीको १ लाख ५० हजारले अवलोकन गर्ने र ५ करोड भन्दा बढिको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ । नेपालका ७७ वटै जिल्लाका लघु घरेलु तथा साना उद्यमीहरुको सहभागिता रहने यस प्रदर्शनीमा प्रदेशस्तरीय उत्पादनहरुको छुट्टै प्याभिलियन रहने, महिला उद्यमशिलता प्रदर्शनी तथा उत्कृष्ट उद्यमीहरुलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ ।  यस प्रदर्शनी आयोजना गर्नमा घरेलु तथा साना उद्योग विकास समिति, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्स, नेपाल हस्तकला महासंघ, साना तथा मझौला व्यवसायी महासंघ नेपाल र राष्ट्रिय लघु उद्यमी महासंघसँग सहकार्य गरिएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

ताजा

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.