एकदिवसीय विश्वकप क्रिकेट : न्यूजिल्याण्डको लगातार तेस्रो जित
काठमाडौं, २६ जेठ । इङ्ल्याण्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले लगातार तेस्रो जित हात पारेको छ । गएराति भएको खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले आफ्नो शतप्रतिशत विजयी यात्रा कायम राखेको हो ।
अफगानिस्तानले दिएको १ सय ७३ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले ३२ ओभर १ बलमा ३ विकेट गुमाएर पुरा गर्यो । उसका लागि कप्तान केन विलियाम्सनले अविजित ७९ रन बनाउँदा रोस टेलरले ४८ रनको योगदान दिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अप्mगानिस्तानले ४१ ओभर १ बलमा अलआउट हुँदै १ सय ७२ रन बनाएको थियो । अफगानिस्तानका लागि हस्मतउल्लाह साहिदीले ५९ रन जोडे ।
बलिङतर्फ न्यूजिल्याण्डका जेम्स निशमले ५ विकेट तथा लोकी फर्गुसनले ४ विकेट लिए । जितसँगै ३ खेलबाट ६ अंक जोडेको न्यूजिल्याण्ड तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । अफगानिस्तानको भने यो लगातार तेस्रो हार हो ।
विश्वकप क्रिकेटकै अर्को खेलमा इङ्ल्याण्डले बंगलादेशलाई १ सय ६ रनको फराकिलो अन्तरले हराएको छ । वेल्सको कार्डिफमा इङ्ल्याण्डले दिएको ३ सय ८७ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४८ ओभर ५ बलमा अलआउट हुँदै २ सय ८० रनमा समेटियो ।
बंगलादेशका लागि शकिब अल हसनले १ सय २१ रनको शतकीय इनिङ्स खेले पनि टोलीलाई जिताउन सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्ल्याण्डका जेसन रोयले १ सय ५३ रनको विस्फोटक ईनिङ खेलेपछि इङ्ल्याण्डले ३ सय ८६ रन बनाएको थियो ।
इङ्ल्यान्डका लागि जोस बट्लरले ६४ रनको योगदान दिए । जितसँगै इङ्ल्याण्डले ३ खेलबाट ४ अंक जोडेको छ । बंगलादेशले भने ३ खेलमा २ अंक मात्रै जोडेको छ । एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
