• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

पुरानो राज्य संरचनाका कारण काम गर्न सकिएन : अध्यक्ष दाहाल

जेठ २९,काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरानो राज्य संरचनाका कारण काम गर्न कठिन भएको बताउनुभएको छ । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले आज जना गरेको अच्युत स्मृति राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले आन्दोलनको बलले नयाँ नेतृत्वको सरकार आए पनि पुरानै राज्य संरचनाका कारण सोचेअनुसारको काम गर्न कठिन भएको बताउनुभयो । 

हिजो राजाहरु निरङ्कुश हुँदा शुरु भएको स्कूल नभत्किएको भन्दै दाहालले भन्नुभयो, “यही स्कूल छ, राज्य संरचनाको स्कूल । पञ्चायतको बेलामा जे छ त्यही स्कूलमा चलेको छ ।” नियम कानून पनि तिनै रहेको भन्दै उहाँले कानून बदलिँदा पनि काम गर्ने सोच, तरिका र शैली उही रहेको उल्लेख गर्नुभयो । 

परिवर्तन पछि राजनीतिक नेतृत्वले जित्छ कि परम्परागत ढङ्गले चल्दै आएको राज्य संरचनाले जित्छ भन्ने थाहानै नपाई लडाइँ चल्ने गरेको उहाँको भनाइ थियो । राजनीतिक नेतृत्वले अब जित्न नसके मुलुक ठूलो दुर्घटनामा जाने दाहालले बताउनुभयो । 

दुई तिहाइको सरकारबाट जनताले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै उहाँले त्यसतर्फ सरकार अघि बढिरहेको भए पनि सफलता प्राप्त गर्न कठिन भइरहेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहालले भन्नुभयो, “जनताको अपेक्षालाई हामीले जुन उचाइ र गहिराइबाट सम्बोधन गर्न सक्नु पथ्र्यो सायद हामीले त्यही स्तरबाट गर्न सकेनौँ ।” प्रयास भने जारी रहेको भन्दै उहाँले यद्यपि प्रयास पर्याप्त हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, “जनताले हामीबाट अझ धेरै त्याग र मेहनत चाहेका छन् ।”

छिमेकी दुई देशलाई जोडेर नेपाललाई समृद्ध मुलुक बनाउनुपर्ने उहाँको भनाइ थियो । छिटो विकासका लागि नेपालमा प्रसस्त सम्भावना रहेको उहाँले बताउनुभयो । बाँके निवासी अच्युतराज सुवेदीको विसं २०७२ को भूकम्पमा परी निधन भएको थियोे । उहाँ पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीका छोरा हुनुहुन्थ्यो । दाहालले उहाँसहित भूकम्पमा ज्यान गुमाएकाको स्मरण गर्दै त्यो विपत्ले नेपालमा संविधान बन्न सहज बनाएको बताउनुभयो । संविधान निर्माणको अन्तिम चरणमा घटना घटेपछि आफूले विपक्षी दलको नेताको हैसियतले सरकारलाई सहयोग गरेर उद्धारसँगै सबैलाई संविधान निर्माणमा जुटाएको स्मरण गर्नुभयो ।

कार्यक्रममा नेकपाका नेता सुरेन्द्र पाण्डेले देशको समृद्धिका लागि सिङ्गो पार्टी गोलबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । पार्टी एकीकरणको प्रक्रिया ढिलो हुँदा नेता कार्यकर्ता एक वर्षदेखि बेरोजगार बनेका भन्दै छिटो टुङ्ग्याउन अध्यक्ष दाहाललाई उहाँले आग्रह गर्नुभयो । सो अवसरमा राष्ट्रिय प्रतिभा पुरस्कार २०७६ बाट सशस्त्र प्रहरी बल विपत् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारका जवान ओम सलामी मगरलाई रु २५ हजारसहित ताम्रपत्रबाट सम्मान गरिएको थियो । कार्यक्रममा वर्ष व्यक्तित्व सम्मान २०७६ बाट वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा शारदा रानाभाट कुँवरलाई सम्मान गरिएको थियो । प्रतिष्ठानका सम्बन्धमा अध्यक्ष प्रकाश सुवेदीले जानकारी दिनुभएको थियो । 

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.