तिर्न नसकिने ऋण स्वीकार नगरिने ओलीको दाबी
युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ ऋणमा नेपालमा बनिरहेको पूर्वाधार निर्माणबारे चासो व्यक्त भएको छ । दक्षिण एशिया र अफ्रिकाका केही मुलुकहरुमा चिनियाँ ऋण लगानीमा बनेका आयोजनाका कारण सम्बन्धित देशले आर्थिक संकट भोगिरहेको विषय उठिरहँदा ओलीको भ्रमणमा युरोपमा त्यसबारे चासो व्यक्त भएको हो ।
मङ्गलबार साँझ बीबीसीले प्रधानमन्त्री ओलीसँग चिनियाँ ऋण लगानीमा बनिरहेका आयोजना नेपालले थेग्न सक्ने नसक्नेबारेको प्रश्नमा ओलीले नेपालले त्यसको व्यवस्थापन गर्न सक्ने बताए । ओलीले भने— हामीले अरुको अनुभवबाट सिकेका छौं, हाम्रो मामलामा हामीले व्यवस्थापन गर्न सक्ने देखेर मात्र ऋण लिएका छौं ।
नेपालले आवश्यकता र प्राथमिकता हेरेर मात्र ऋण स्वीकार गर्ने बताए । तिर्न नसकिने ऋण स्वीकार नगरिने स्पष्ट पारे । त्यसको हिसाबकिताब गरेर मात्र लिने बताए । विदेशी लगानीलाई सरकारले स्वागत गर्ने ओलीको भनाई थियो ।
देशभित्र दुईवटा एयरपोर्ट चीनको ऋण सहयोगमा चिनियाँ कम्पनिले बनाइरहेका छन् । पूर्वाधार निर्माणमा चिनियाँ कम्पनिहरु आइरहँदा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यसले चासो पाएको हो । विशेषगरी युरोपेली मुलुकहरुले चीनको सँसारभर बढ्दो आर्थिक प्रभावलाई गम्भीरताका साथ लिइरहेका छन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

