ओलीसँग सगरमाथामा ट्राफिक जामबारे प्रश्न
बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथामामा बढी आरोहीलाई अनुमति दिएको विषय हल्लामात्र भएको बताएका छन् । सगरमाथामा ट्राफिक जाम हुनुमा बढी आरोहीलाई अनुमति दिनु मुख्य कारण भएको चर्चा चलिरहँदा बीबीसीसँगको मङ्गलबारको अन्तवार्तामा ट्राफिक जामलाई गम्भीरताका साथ लिइएको बताए ।
सरकारले यो वर्ष तीन सय ८१ वटा टोलीलाई अनुमति दिएको थियो । यो अहिलेसम्मकै बढी हो । ओलीलाई बीबीसीले तथ्यसहित प्रमाण सोध्दा सगरमाथा आरोहणको विषय व्यवस्थापनमा नेपाल सरकारले नियमनलाई अझ सशक्त बनाउने बताए ।
पूर्वाधार निर्माणमा जङ्गल काटिएको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपालले वातावरण जोगाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको तथ्यांक दिए । २५ लाख रुख काटिएको विषयमा उनले भने हामी पाँच लाख रुख रोप्छौं । हामीसँग ४५ प्रतिशत जङ्गल छ र हामीले वातावरण क्षेत्रमा ठूलो योगदान गरिरहेका छौं ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
