काभ्रे । कर्मचारी अभावका कारण देखाउँदै जिल्ला मालपोत कार्यालय काभ्रेमा सुरक्षागार्डले लालपुर्जा बनाउने गरेका छन् । कार्यालय सहयागीले भने मोठ स्रेस्ता भिडाउँछन् । कान्तिपुर दैनिकमा समाचार छ, सेवाग्राहीबाट ‘खाजा खर्च’ पाउने नभएकाले उनीहरुबीच कामका लागि तँछाडमछाड हुने गरेको छ ।
प्रमुख मालपोत अधिकृत ध्रुवप्रसाद कोइरालालाले ‘सिद्धान्त र विधि’ले गार्ड र कार्यालय सहयोगीबाट काम गराउन नमिल्ने भए पनि कर्मचारी अभावका कारण बाध्य भएको बताए । ४५ जनाको दरबन्दी भएको मालपोत कार्यालयमा २९ जना मात्रै कार्यरत छन् ।
तल्लो तहका कर्मचारीले सेवाग्राहीले सेवाग्राहीलाई सहयोग गर्ने नाममा उनीहरूबाट ‘लाभ’ लिने गरेका छन् । लेखापढी व्यवसायीको पहुँच प्रत्येक कागजपत्र र फाँटमा हुने गरेको छ । कर्मचारीसँग सभेत आर्थिक लेनदेन हुने भएकाले लेखनदासले लगेका फाइललाई कर्मचारीले प्राथमिकता दिने गरेका छन् ।






