बाँझोपन हुनुमा श्रीमान–श्रीमतीको भूमिका बराबर
काठमाण्डौ । निः सन्तान अर्थात, बाँझोपनको समस्याले नेपाली समाज नै विभाजित छ । कुनै घरपरिवारमा सन्तान उत्पादन हुन सकेन भने महिलालाई नै दोषी बनाउने प्रचलन छ । तर बाँझोपनको कारणमा पुरुष र महिला बराबर हुने गरेका छन् । यस विषयमा भ्रम चिर्न नसक्दा महिलामाथि अन्याय र शोषण हुने गरेको छ ।
नेपाली समाजमा निःसन्तान भन्ने वित्तिकै महिलालाई नै दोषी बनाउने गरिन्छ । तर निः सन्तान अर्थात बाँझोपनको कारकमा महिला र पुरुष बराबर हुने गरेको चिकित्सा विज्ञानले पुष्टी गरेको छ । फर्टिलिटि सोसाइटि अफ नेपालले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले बाँझोपन हुनुमा महिला मात्रै दोषी नहुने ठहर गरेको हो । प्रतिवेदनअनुसार ३३ प्रतिशत महिला, ३३ प्रतिशत पुरुष र ३३ प्रतिशत महिला–पुरुषमा बाँझोपनको समस्या हुने सोसाइटीका अध्यक्ष तथ वरिष्ठ स्त्री रोग विशेषज्ञ भोला रिजालको ठहर छ ।
अहिले नेपालमा निःसन्तान दम्पत्तीहरुको संख्या १५ प्रतिशतसम्म रहेको छ । १५ प्रतिशतमध्ये भ्रम र अज्ञानताका कारण सबै बाँझोपनको कारणमा महिलाकै कमजोरी ठान्ने प्रवृत्ति छ । जसका कारण सन्तान उत्पादन नभएका दम्पत्तीमध्ये श्रीमती नै दोषी ठहर गर्ने परम्परा छ ।
पछिल्लो समय नेपालबाट कामका लागि विदेश जाने पुरुषहरुमा बाँझोपनको समस्या विकराल रुपमा बढिरहेको चिकित्सकहरु बताउँछन् । विदेश जाने पुरुषहरुको शुक्रकिट उत्पादनमा ५० प्रतिशत कमी आउने गरेको छ । यसबाहेक महिलाहरुमा लाग्ने विभिन्न प्रकारका रोगहरुका कारण पनि बाँझोपनको समस्या देखिने गरेको छ ।
विहेपछि तत्काल सन्तान जन्माउने योजना नगर्ने तर पछि सन्तान जन्माउन खोज्दा पनि समस्या आउने चिकित्सक बताउँछन् । त्यसपछि उपचारको प्रयास गर्दा झन निःसन्ताको समस्या बढ्ने महिलो रोग विशेषज्ञ डा. ज्ञानेन्द्रमान सिंह कार्की बताउँछन् ।
बाझोपना भन्ने बिक्तीकै महिलालाइ दोष दिने प्रचलन अझै कायम हाम्रो समाजमा छ । जसका कारण महिलाहरुले विभिन्न समस्या भोग्नु परेको छ । श्रीमानसँगको सम्बन्ध नराम्रो हुने मात्रै होइन, सम्बन्धविच्छेदसमेत हुने गरेको छ । त्यसैगरी घर परिवारका अन्य सदस्यहरुबाट पनि विभिन्न आरोप लगाइन्छ । यो सबै भ्रच चिर्नु जरुरी छ ।
बाँझोपनको आशंका लागेपछि चिकित्सकीय सल्लाह लिनुको विकल्प छैन । महिला मात्रै दोषी हो भन्ने समाजमा भ्रम चिर्नका लागि सरकारले पनि जनचेतनामूलक कार्यक्रम संचालन गर्नु अन्त्यन्त जरुरी छ ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


