प्रतापपुर गाउँपालिकाको तेस्रो गाउँसभा सम्पन्न ।
जानकारी केन्द्र
२०७६, जेष्ठ, ३२
रबिन्द्र यादव/ नवलपरासी पश्चिम नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाले तेस्रो गाउँ सभा सम्पन्न गरेको छ जेठ ३१ गते चलेको गाउँसभाले विभिन्न प्रस्ताव तथा ऐन, कार्यविधिहरु पारित गरेको गाउँपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी दिएका छन् ।
शुक्रबार बसेको गाउँ सभाले चालु आर्थिक वर्ष २०७५/६७ को योजना संसोधन तथा अनुमोदन सम्बन्धी विषयमा छलफल गरिएको थियो । वडागत रुपमा दोस्रो गाउँ सभाले स्वीकृत गरेका तर कर्मचारी अभाव र कर्मचारी समायोजन कारणले गर्दा कार्यान्वयन गर्न ढिलाई भएका निर्णयहरुमाथि छलफल गरिएको थियो ।
सभामा उपस्थित वडा अध्यक्ष, वडा सदस्यहरुको प्रश्नको जवाफ प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले दिनुभएको थियो । सभामा गाउँपालिकाका ९ वटै वटाका वडा अध्यक्षहरुले आफ्नो वडामा परेको विकास बजेट संशोधन योजना प्रस्तुत गरेका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
