अब खुल्ला भयो यि सुबिधा सहित रत्नपार्क
निमार्णका लागि बिगत १ बर्ष अघि बन्द गरिएको काठमाडौं स्थित रत्नपार्क पुन सर्वसाधरणका लागि खुल्ला गरिएको छ । काठमाडौं महानगरपालीका वातावरण व्यवस्थापन विभागले मंगलवार एक कार्यक्रमको आयोजना गरि औपचारिक रुपमा सर्वसाधरणका लागि सशुल्क प्रवेश खुल्ला गरेको हो ।
पहिलाको भन्दा थप मर्मत संभार गरि बालबालीका देखि जेष्ठ नागरिक सम्मले उपभोग गर्न सक्ने वातावरण बनाइएको रत्नपार्क शान्त हरियाली र फुल बगैंचाले सजिएको छ । वर्तमान अवस्थामा भएका संरचनाको सुरक्षा गर्दै पार्क संचालनलाई व्यवस्थित बनाउनका लागि महानगरले १९ जना कर्मचारी खटाएर काम सुरु गरेको हो । सो अवसरमा उपप्रधान, संघिय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले पार्क संचालन प्रति खुसि जनाउदै महानगरका सार्वजनिक सुरक्षाका सम्पत्तिलाई जनताले उपयोग गर्ने तयारी आवस्यक रहेको बताउनु भएको थियो ।
रत्नपार्क ४२ रोपनी जग्गामा फैलिएको छ । अहिले पार्क भित्र हरियाली वातावरण संगै अग्रभागको प्रवेशद्धार नजिकै शोभापोखरी रहेको छ भने दक्षिण तर्फ दुई वटा त्रिकोणात्मक पोखरीहरु रहेका छन् । बालबालीकाको मनोरञ्जनका लागि ६ वटा पिङ्ग र २ वटा चिप्लेटि रहेका छन् । पुर्वि भागमा भने गमलाहरु राखिएका छन् । त्यस्तै शौचालय, सुरक्षा गार्डको समेत व्यवस्था गरिएको छ । संरचना संगै पार्क व्यवस्थापनको दिगो योजनामा जोड दिनुपर्ने कार्यक्रममा सहभागी अधिकारीहरुको आग्रह छ । सुरुवाति समयमा रत्न पार्कले सबैको मन जितेपनि निशुल्क प्रवेश रहेकाले पछिल्ला केही बर्षहरुमा पार्क भित्रै फुटपाथ पसलहरु संचालन, जताततै फोहोर, फुल तथा बोटविरुवा समेत नाश भएका थिए । त्यस्तै यस स्थानमा लागुपदार्थ सेवन देखि अन्य गैह्रकानुनी काम समेत हुने गरेको टिप्पणि चल्ने गरेको थियो । जसका कारण रत्नपार्कमा परिवार र बालबालीकाहरु आउने वातावरण नै थिएन ।
रत्नपार्क सशुल्क खुल्ला भएपछि २५ रुपैया प्रवेश तोकिएको छ भने बिद्यार्थिका लागि सहुलिय व्यवस्था गरि १५ रुपैयामा प्रवेश गर्न दिईने छ । यसबाट बार्षिक ४५ लाख रुपैया आम्दानी गर्ने महानगरको लक्ष्य छ । बालबालीका जेष्ठनागरिकहरुका लागि भने प्रवेश निशुल्क हुनेछ ।
हप्ताको सातै दिन खुल्ला रहने रत्नपार्क गर्मी समयमा बिहान ८ बजे देखि साझ ६ बजे सम्म र जाडोको समयमा बिहान ८ बजे देखि साझ ५ बजे सम्म खुल्ला रहने छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
