• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

हिन्दु युवा संघ द्वारा सनातन हिन्दूहरु मिलेर अघि बढ्नुपर्नेमा जोड

काठमाडौं, असार ७ । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले धार्मिक विसंगति तथा विकृतिविरुद्वको बिचार गोष्ठी तथा राष्ट्रिय सम्मान कार्यक्रम आयोजना गरेको छ ।

शनिवार रिपोर्टस क्लब नेपालमा आयोजित कार्यक्रममा बिभिन्न पेशा तथा माध्ययमबाट धर्मको जर्गेना गर्ने ब्यक्तिहरुलाई सम्मान प्रदान गरेकोे छ । समितिका केन्द्रिय अध्यक्ष सागर थापाको सभापतत्विमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारीले विसंगतिहरु हरेक नागरिकले आफैबाट शूरुवात गर्नुपर्ने धारणा ब्यक्त गरे ।

आत्म मुल्याङकलनबाट राम्रो सोच ल्याउन आवश्यक रहेको बताउदै उनले सरकारले विभिन्न विद्येयकहरु तानाशाही शासकको रुपमा ल्याउन खोजेको आरोप लगाए । गोरखापत्रले मात्र छाप्न मिल्नेगरि सरकारले मिडिया बिद्येयक ल्याउन खोजेको भन्दै उनले विधिको शासनको लागि भएका प्रयासलाई विफल पार्न खोजिएको गुनासो पोखे ।

त्यस्तै कार्यक्रममा बोल्दै बैंककेटेश्वर मन्दिर मुल पिठाधेश स्वामी श्री १०००८ पद्मा धराचार्यले प्रकृतिले विसंगति र विकृतिलाई हटाउदै लान बेदको जन्म भएको धारणा राखेका छन ।

अहिले होली वाईन खाने र पशुपतिमा नजानेहरु धेरै रहेको बताउदै नारायणमा नै संसारिक चरित्र धुमिरहेको उनको भनाई छ । ‘हरेक मनुष्यको एक संकल्प हुन्छ । अनेक प्रकारका संकल्पहरुले संसार चलेको छ’–उनले बताए ।

मनुष्यको संकल्पलाई पुरा गराउन बेदको आवश्यकत्ता भएको उनले जनाए । उनले थपे,‘हाम्रा पुर्खाहरु, देव ब्यासिहरु जन्मेको पवित्र जन्म भुमिलाई बचाउन आजको आवश्यकता बनेको छ ।’ ०७२ साल जेठ ४ गते आफ्नै नेपाल आमामाथि बलात्कार भएको बताउदै उनले अझैपनि हिन्दु धर्मप्रति विश्वास राख्दै अघि बढ्न समय रहेको बताए ।

नेपाल सरकारका पूर्व रक्षासचिव चक्रबन्धु अर्यालले पनि सनातन हिन्दूहरु मिलेर अघि बढ््नुपर्नेमा जोड दिए ।

विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारीले अहिले समाजिक मुल्य र मान्यतालाई युवा वर्गले धार्मिक धरोहरको निम्ति युवाहरु अगाडि बढनु निकै सौहार्दपूर्ण रहेको धारणा राखेकी छन ।

अहिले देशमा सम्मानित ब्यक्तिहरुले मुलुकको हितमा काम नगरेको बताउदै उनले हिन्दु अधिराज्य नेपाललाई राज्यबाटै अस्तित्वहिन बनाउने खेल भएको आरोप लगाइन । अहिले देशमा विदेशी शक्तिहरुको चलखेल भईरहेको बताउदै त्यसप्रति सबै सचेत हुन आवश्यक रहको उनको भनाई छ ।

सरकारले लागु गर्न चाहेको गुठि विद्येयक खेदजन्य रहेको बताउदै खारेजको नाममा जनताको आँखामा छारो हाल्ने काम हुन नहुने पनि भण्डारीले ध्यानाकार्षण गराईन ।

इन्डो–प्यासेफिकको नाममा अमेरिकी सेनालाई नेपालमा परिचालन गर्ने अभ्यास भईरहको भन्दै हालै पोखरामा भएको अमेरिकी सैनिकको अभ्यासलाई चलखेलै रुपमा आफुहरुले बुझेको पनि भण्डारीको भनाई छ । सरकाले मिडिया विद्येयकको नाममा ब्यक्तिको वाक स्वतन्त्रतालाई बन्देज गर्न खोजको उनको आरोप छ ।

त्यस्तै कार्यक्रममा बोल्दै हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले सकारात्मक सोचको विकासमा जोड दिन आग्रह गरेका छन । धर्मले सोचमात्र नभई समाज र राष्ट्रमा आमूल परिवर्तन ल्याउन सक्ने उनको दाबी छ ।

जनतामा असुन्तुष्टि भए शासकमा पनि त्यही नियमको पालना हुन जाने बताउँदै उनले नीति तथा नियमहरु बन्दा देशको माटो छोएर नभएर विदेशीको सहकार्यमा हुने उनले गुनासो पोखे ।

अहिले सरकार जनभावनाअनुसार नचलेको बताउदै उनले सिटामोल र खाना तथा पानी नपाएका नागरिकलाई ललिपप देखाउने कार्य भएको आरोप लगाए ।

सरकारले ल्याउन खोजेका विभिन्न विद्येयकहरु कसको कति ताकत छ ?हेरौ न त ? भन्ने सवालमा मात्र हेर्न खोजेको उनको भनाई छ । हरेक दिन बिमानस्थलमा लास आउने क्रम बढिरहेको बताउदै उनले सामन्ती परिवेषबाट आएकाहरुले जनताको पीडा नदेख्ने बताए ।

भाडामा ल्याएका मान्छेको काँध टेकेर सक्तामा पुगेकाहरुले देशलाई धर्मनिरपेक्ष बनाएको उनको भनाई छ । हिन्दु धर्मबाहेक कुनैपनि धर्मले सबै धर्म समान हुन भन्ने हैसियत नराख्ने भन्दै आफुहरुले स्वधर्ममा जोड दिर्नुपर्ने प्रष्ट पारेका छन ।

आफुहरु धर्मको माध्ययबाट देश विकास तथा परिवर्तन गरेर देखाउन तयार रहेको जनाउदै विदेशी धर्मलाई नेपालमा बन्द गर्नुपर्ने उनको माग छ ।

‘नेपालमा रहेका चर्च, मस्जिद्हरु पनि गुठिजस्तै रहेको बताउदै सरकार त्यस्ता विषयमा किन कानमा तेल हालेर बस्छ’ ? भन्दै उनले प्रतिप्रश्न समेत गरे ।‘नेपालको धर्म र संस्कृतिलाई बेच्ने प्रयास भएको छ, धर्म संरक्षणमा लाग्न सबैको ध्यान जाओस’–उनले थपे ।

त्यस्तै कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता विजयजंग बस्नेतले आफुले दई सय दुई वेवारिसे लास हरुलाई हिन्दु धर्म अनुसार अन्तेष्ठि गर्दे आएको बताए । हिन्दुधर्मलाई पैसाले किनबेच गर्ने कोशिस भईरहेको जनाउदै पैसालेमात्र जीवन सार्थक नहुने आफुले प्रमाणित गर्न खोजेकोे उनको भनाई छ ।

पैसाले भावना किनबेच गर्न नसकिने जनाउँदै भावनाको कदरको संस्कार नेपालमा हराईसकेको उनको टिप्पणी थियो । आफुले भएको चार आना जग्गा धितो राखेर सेवामा लागेको जनाउँदै बेवारिसे लाशहरुको खोजिमा आफु हरेक दिन हिड्ने गरेको उनले जनाए ।

कुनै नाफा तथा नामको पछाडी आफ्नो कामको स्वार्थ नरहेको जानकारी गराउदै उनले २३ जिल्लासम्म आफ्नो सञ्जाल बिस्तार भईसकेको र ७७ जिल्लामा भेटिएका बेवारिसे लासहरुको धर्मसम्बत संस्कार गराउने आफ्नो लक्ष्य रहेको पनि बस्नेतले सुनाए ।

आफुलाई लासहरुको माया लाग्ने गरेको उनको भनाई छ । ‘म हरेक लासहरुलाई जिउँदो मान्छे देख्छु’ उनले थपे,‘मलाई पनि खाने लाउने, ठुला ठुला मोबाईल बोकेर हिँड्ने रहर नभएको होईन, तर आफ्नो धर्मप्रतिको आस्था र कर्मको विश्वासले मलाई मेरा रहर ठुला कहिल्यै लागेनन् ।’

आफ्ना बुवाको लास तीन दिनपछि बेवारिसे अवस्थामा भेटिएको बेलादेखि आफ्नोजस्तै पीडा र एक्लोपनको महशुुस कसैले नदेखुन भन्ने विचार आफुमा रहको उनले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै भागवत मञ्जरी राधिका दासी महाराजजीले आफुले कुनै दिन काठमाडौंको कलेजमा पढाउने गरेको स्मरण गर्दे आफुलाई भागवत पढ्ने शिक्षा हिन्दुका अराध्येदेव पशुपतिनाथबाटै प्राप्त भएको स्मरण गराईन् ।

आफु बच्चा हुँदादेखि नै घरमा बाइबल बोकेर आउनेहरुलाई हजुरबुवाले लौरो बोकेर भगाउने गरेको बताउदै क्रिष्ट्रियनहरु नेपालमा धर्म प्रचारमा पहिल्यैदेखि लागेको बताईन ।

जीवननै एक खुला किताव रहेको बताउदै उनले विज्ञानले पनि खुटा जोड्ने गरेको, मुटुको शल्यक्रिया गर्ने गरेको भएपनी दिमाग राख्न नसकेकोले ध्यान र धर्ममा सबैको एकमत हुनुपर्ने धारणा उनले ब्यक्त गरिन ।

आफुहरुले ‘माया घर’ सञ्चालनमा ल्याएको बताउँदै उनले समाजबाट अपहेलित तथा बौलाहको संज्ञा दिएकाहरुलाई उपचार गराएर आश्रमको भक्ति संगित तथा सहयोगका कार्यहरु कुशल रुपमा गर्दै आएको पनि उनले बताईन् ।

विसंगति विरुद्वका यस्ता कार्यक्रमहरुले युवाहरुलाई अझ जागरण हुन मद्दत पुग्ने उनको धारणा छ । कार्यक्रममा समाजमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

यस्तै विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका माहासचिव रोशन बस्नेतले हिन्दु धर्मको जगेर्ना गर्ने जिम्वेवारी युवाको काधमा आएको हुदा सबै युवाले आ आफ्नो ठाउँ बाट धर्म रक्षाको लागि लाग्नु पर्नेमा जोड दिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.