• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • ६ घण्टा 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • १० घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • १० घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • ११ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • ११ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी
  • १२ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • १३ घण्टा 

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

हिन्दु युवा संघ द्वारा सनातन हिन्दूहरु मिलेर अघि बढ्नुपर्नेमा जोड

admin २०७६, असार, ७

काठमाडौं, असार ७ । विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले धार्मिक विसंगति तथा विकृतिविरुद्वको बिचार गोष्ठी तथा राष्ट्रिय सम्मान कार्यक्रम आयोजना गरेको छ ।

शनिवार रिपोर्टस क्लब नेपालमा आयोजित कार्यक्रममा बिभिन्न पेशा तथा माध्ययमबाट धर्मको जर्गेना गर्ने ब्यक्तिहरुलाई सम्मान प्रदान गरेकोे छ । समितिका केन्द्रिय अध्यक्ष सागर थापाको सभापतत्विमा आयोजित कार्यक्रममा बोल्दै पूर्वमन्त्री तथा विश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारीले विसंगतिहरु हरेक नागरिकले आफैबाट शूरुवात गर्नुपर्ने धारणा ब्यक्त गरे ।

आत्म मुल्याङकलनबाट राम्रो सोच ल्याउन आवश्यक रहेको बताउदै उनले सरकारले विभिन्न विद्येयकहरु तानाशाही शासकको रुपमा ल्याउन खोजेको आरोप लगाए । गोरखापत्रले मात्र छाप्न मिल्नेगरि सरकारले मिडिया बिद्येयक ल्याउन खोजेको भन्दै उनले विधिको शासनको लागि भएका प्रयासलाई विफल पार्न खोजिएको गुनासो पोखे ।

त्यस्तै कार्यक्रममा बोल्दै बैंककेटेश्वर मन्दिर मुल पिठाधेश स्वामी श्री १०००८ पद्मा धराचार्यले प्रकृतिले विसंगति र विकृतिलाई हटाउदै लान बेदको जन्म भएको धारणा राखेका छन ।

अहिले होली वाईन खाने र पशुपतिमा नजानेहरु धेरै रहेको बताउदै नारायणमा नै संसारिक चरित्र धुमिरहेको उनको भनाई छ । ‘हरेक मनुष्यको एक संकल्प हुन्छ । अनेक प्रकारका संकल्पहरुले संसार चलेको छ’–उनले बताए ।

मनुष्यको संकल्पलाई पुरा गराउन बेदको आवश्यकत्ता भएको उनले जनाए । उनले थपे,‘हाम्रा पुर्खाहरु, देव ब्यासिहरु जन्मेको पवित्र जन्म भुमिलाई बचाउन आजको आवश्यकता बनेको छ ।’ ०७२ साल जेठ ४ गते आफ्नै नेपाल आमामाथि बलात्कार भएको बताउदै उनले अझैपनि हिन्दु धर्मप्रति विश्वास राख्दै अघि बढ्न समय रहेको बताए ।

नेपाल सरकारका पूर्व रक्षासचिव चक्रबन्धु अर्यालले पनि सनातन हिन्दूहरु मिलेर अघि बढ््नुपर्नेमा जोड दिए ।

विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय समितिकी महासचिव अस्मिता भण्डारीले अहिले समाजिक मुल्य र मान्यतालाई युवा वर्गले धार्मिक धरोहरको निम्ति युवाहरु अगाडि बढनु निकै सौहार्दपूर्ण रहेको धारणा राखेकी छन ।

अहिले देशमा सम्मानित ब्यक्तिहरुले मुलुकको हितमा काम नगरेको बताउदै उनले हिन्दु अधिराज्य नेपाललाई राज्यबाटै अस्तित्वहिन बनाउने खेल भएको आरोप लगाइन । अहिले देशमा विदेशी शक्तिहरुको चलखेल भईरहेको बताउदै त्यसप्रति सबै सचेत हुन आवश्यक रहको उनको भनाई छ ।

सरकारले लागु गर्न चाहेको गुठि विद्येयक खेदजन्य रहेको बताउदै खारेजको नाममा जनताको आँखामा छारो हाल्ने काम हुन नहुने पनि भण्डारीले ध्यानाकार्षण गराईन ।

इन्डो–प्यासेफिकको नाममा अमेरिकी सेनालाई नेपालमा परिचालन गर्ने अभ्यास भईरहको भन्दै हालै पोखरामा भएको अमेरिकी सैनिकको अभ्यासलाई चलखेलै रुपमा आफुहरुले बुझेको पनि भण्डारीको भनाई छ । सरकाले मिडिया विद्येयकको नाममा ब्यक्तिको वाक स्वतन्त्रतालाई बन्देज गर्न खोजको उनको आरोप छ ।

त्यस्तै कार्यक्रममा बोल्दै हिन्दु जागरण नेपालका अध्यक्ष रामकृष्ण उपाध्यायले सकारात्मक सोचको विकासमा जोड दिन आग्रह गरेका छन । धर्मले सोचमात्र नभई समाज र राष्ट्रमा आमूल परिवर्तन ल्याउन सक्ने उनको दाबी छ ।

जनतामा असुन्तुष्टि भए शासकमा पनि त्यही नियमको पालना हुन जाने बताउँदै उनले नीति तथा नियमहरु बन्दा देशको माटो छोएर नभएर विदेशीको सहकार्यमा हुने उनले गुनासो पोखे ।

अहिले सरकार जनभावनाअनुसार नचलेको बताउदै उनले सिटामोल र खाना तथा पानी नपाएका नागरिकलाई ललिपप देखाउने कार्य भएको आरोप लगाए ।

सरकारले ल्याउन खोजेका विभिन्न विद्येयकहरु कसको कति ताकत छ ?हेरौ न त ? भन्ने सवालमा मात्र हेर्न खोजेको उनको भनाई छ । हरेक दिन बिमानस्थलमा लास आउने क्रम बढिरहेको बताउदै उनले सामन्ती परिवेषबाट आएकाहरुले जनताको पीडा नदेख्ने बताए ।

भाडामा ल्याएका मान्छेको काँध टेकेर सक्तामा पुगेकाहरुले देशलाई धर्मनिरपेक्ष बनाएको उनको भनाई छ । हिन्दु धर्मबाहेक कुनैपनि धर्मले सबै धर्म समान हुन भन्ने हैसियत नराख्ने भन्दै आफुहरुले स्वधर्ममा जोड दिर्नुपर्ने प्रष्ट पारेका छन ।

आफुहरु धर्मको माध्ययबाट देश विकास तथा परिवर्तन गरेर देखाउन तयार रहेको जनाउदै विदेशी धर्मलाई नेपालमा बन्द गर्नुपर्ने उनको माग छ ।

‘नेपालमा रहेका चर्च, मस्जिद्हरु पनि गुठिजस्तै रहेको बताउदै सरकार त्यस्ता विषयमा किन कानमा तेल हालेर बस्छ’ ? भन्दै उनले प्रतिप्रश्न समेत गरे ।‘नेपालको धर्म र संस्कृतिलाई बेच्ने प्रयास भएको छ, धर्म संरक्षणमा लाग्न सबैको ध्यान जाओस’–उनले थपे ।

त्यस्तै कार्यक्रममा बोल्दै सामाजिक अभियन्ता विजयजंग बस्नेतले आफुले दई सय दुई वेवारिसे लास हरुलाई हिन्दु धर्म अनुसार अन्तेष्ठि गर्दे आएको बताए । हिन्दुधर्मलाई पैसाले किनबेच गर्ने कोशिस भईरहेको जनाउदै पैसालेमात्र जीवन सार्थक नहुने आफुले प्रमाणित गर्न खोजेकोे उनको भनाई छ ।

पैसाले भावना किनबेच गर्न नसकिने जनाउँदै भावनाको कदरको संस्कार नेपालमा हराईसकेको उनको टिप्पणी थियो । आफुले भएको चार आना जग्गा धितो राखेर सेवामा लागेको जनाउँदै बेवारिसे लाशहरुको खोजिमा आफु हरेक दिन हिड्ने गरेको उनले जनाए ।

कुनै नाफा तथा नामको पछाडी आफ्नो कामको स्वार्थ नरहेको जानकारी गराउदै उनले २३ जिल्लासम्म आफ्नो सञ्जाल बिस्तार भईसकेको र ७७ जिल्लामा भेटिएका बेवारिसे लासहरुको धर्मसम्बत संस्कार गराउने आफ्नो लक्ष्य रहेको पनि बस्नेतले सुनाए ।

आफुलाई लासहरुको माया लाग्ने गरेको उनको भनाई छ । ‘म हरेक लासहरुलाई जिउँदो मान्छे देख्छु’ उनले थपे,‘मलाई पनि खाने लाउने, ठुला ठुला मोबाईल बोकेर हिँड्ने रहर नभएको होईन, तर आफ्नो धर्मप्रतिको आस्था र कर्मको विश्वासले मलाई मेरा रहर ठुला कहिल्यै लागेनन् ।’

आफ्ना बुवाको लास तीन दिनपछि बेवारिसे अवस्थामा भेटिएको बेलादेखि आफ्नोजस्तै पीडा र एक्लोपनको महशुुस कसैले नदेखुन भन्ने विचार आफुमा रहको उनले बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै भागवत मञ्जरी राधिका दासी महाराजजीले आफुले कुनै दिन काठमाडौंको कलेजमा पढाउने गरेको स्मरण गर्दे आफुलाई भागवत पढ्ने शिक्षा हिन्दुका अराध्येदेव पशुपतिनाथबाटै प्राप्त भएको स्मरण गराईन् ।

आफु बच्चा हुँदादेखि नै घरमा बाइबल बोकेर आउनेहरुलाई हजुरबुवाले लौरो बोकेर भगाउने गरेको बताउदै क्रिष्ट्रियनहरु नेपालमा धर्म प्रचारमा पहिल्यैदेखि लागेको बताईन ।

जीवननै एक खुला किताव रहेको बताउदै उनले विज्ञानले पनि खुटा जोड्ने गरेको, मुटुको शल्यक्रिया गर्ने गरेको भएपनी दिमाग राख्न नसकेकोले ध्यान र धर्ममा सबैको एकमत हुनुपर्ने धारणा उनले ब्यक्त गरिन ।

आफुहरुले ‘माया घर’ सञ्चालनमा ल्याएको बताउँदै उनले समाजबाट अपहेलित तथा बौलाहको संज्ञा दिएकाहरुलाई उपचार गराएर आश्रमको भक्ति संगित तथा सहयोगका कार्यहरु कुशल रुपमा गर्दै आएको पनि उनले बताईन् ।

विसंगति विरुद्वका यस्ता कार्यक्रमहरुले युवाहरुलाई अझ जागरण हुन मद्दत पुग्ने उनको धारणा छ । कार्यक्रममा समाजमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो ।

यस्तै विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिका माहासचिव रोशन बस्नेतले हिन्दु धर्मको जगेर्ना गर्ने जिम्वेवारी युवाको काधमा आएको हुदा सबै युवाले आ आफ्नो ठाउँ बाट धर्म रक्षाको लागि लाग्नु पर्नेमा जोड दिएका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

ताजा

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.