यस कारण छोडे रोनाल्डोले आफ्नी प्रेमिका
काठमाडौं, ८ असार । विश्व प्रख्यात रोनाल्डो बेला बेला समाचार माध्यमका हट केक बन्दै आएका छन । कहिले आफ्नो खेल जादु त कहिले आफ्ना शौख तथा गर्लफेन्डका कारण । रुसकी चर्चित मोडल तथा हलिउड नायिका इरिना सेक र स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोबीचको प्रेम निकै गाढा थियो।उनीहरु पाँच वर्षसम्म सँगै देखिए। प्रत्येक कार्यक्रम र भ्रमणमा सँगै हुन्थे।
सन् २०१० देखि सुरुवात भएको प्रेम सम्बन्ध २०१५ मा पुगेर टुंगियो। तर यसरी उनीहरुको प्रेम टुंगिन्छ भनेर कसैले सोचेका थिएनन्।के इरिनाले रोनाल्डोलाई धोका दिएकी हुन्रु होइन, उनले मारिया डोलोरेस, क्रिस्टियानो रोनाल्डोको आमाको अपमान गरिन्।डोलोरेसको ६० औं जन्मदिनमा इरिनालाई पनि बोलाइएको थियो।
तर उनले रोनाल्डोको आमाको जन्मदिनमा जान अस्वीकार गरिन्। उनले रोनाल्डोलाई नजान भनिन्। यो रोनाल्डो र आफ्नो आमाको लागि ठूलो अपमान र बेइमानी थियो।
त्यसबेला इरिनाले आमा र आफूमध्ये एक रोज्न चुनौती दिएका थिए। रोनाल्डोले कुनै विचार गरेनन्। इरिनालाई त्याग गर्दै आमा रोजे। किनभने रोनाल्डोको आदर्श महिला भनेकै आमा हुन्।क्रिस्टियानो जुनियरलाई समेत आमाको खाँचो थियो।
आमा डोलोरेसले इरिनालाई त्यस दायित्व निभाउन पटकपटक आग्रह समेत गरेकी थिइन्। तर इरिनाले आमाको अनुरोध वेवास्था गरेकी थिइन्।
रोनाल्डो सानैदेखि परिवारमा विश्वास गर्ने व्यक्ति, परिवार नै उनको पहिलो प्राथमिकता। रोनाल्डोले ब्रेकअप दिनु अगाडि भनेका थिए,‘हामीले सोच्यौं यो नै उत्तम निर्णय हुनेछ। म उनलाई आगामी दिनको शुभकामना दिन चाहान्छु।’रोनाल्डोले इरिनालाई त्यागेपछि उनी वियोग र पिडामा परेको इरिनाका साथीहरु बताउँछन्।
यतिबेला रोनाल्डोको नयाँ प्रेमिका छिन्, जोर्जियाना रोड्रिग्वेज। उनीहरु सन् २०१६ देखि सँगै छन्। उनीहरुबाट एक छोरीको जन्म भएको छ। एजेन्सी
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
