ब्राजिल सेमिफाइनलमा
काठमाडौं, असार १३ । कोपा अमेरिका फुटबलको सेमिफाइनलमा ब्राजिलले आफ्नो स्थान सुरक्षित गरेकोे छ । नेपाली समय अनुसार आज बिहान भएको क्वाटरफानल अन्र्तगतको खेलमा पाराग्वेलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्न सफल हुँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।
दुवै समुहले सम्म पटक– पटक गोल गर्ने प्रयास गरेपनि निर्धारित र थप गरिएको समय सम्म दुवै तर्फबाट गोल हुन सकेकोे थिएन । अन्तमा खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।े पेनाल्टीमा पाराग्वेले तीन गोल मात्रै गर्न सकेकोे थियोे भने आयोजक ब्राजिलले चार गोल गर्दे आफ्नो यात्रालाई जारी राखेको छ ।
पेनाल्टीमा ब्राजिलका विलियन, माक्र्विन्होस, फिलिप कोन्टिन्हो र गाब्रिएल जिससले गोल गरे । तेस्रो नम्बरमा पेनाल्टी प्रहार गर्न आएका रोबर्टो फिरमिनोको प्रहार भने पाराग्वेका गोल रक्षकले रोके ।
पाराग्वेका आन रोड्रिग्वेज रोजस, ब्रुनो वाल्डेज र मिगुएल अल्मिरोनले गोल गरे ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


