विमला तामाङ प्रकरण : आत्महत्या होइन, हत्या हो, गृहमन्त्रीले नै छानविन गर्नुपर्छ
असार २४, काठमाण्डौ । राजधानीको बौद्धस्थित समता अस्पतालकी सरसफाई कर्मचारी २७ वर्षीया विमला तामाङको झुण्डिएको अवस्थामा शव भेटिएको घटना थप रहस्यमय बन्दै गएको छ ।
घटनाको सत्य, तथ्य छानविनको माग गर्दै विमलाका परिवार तथा निर्मला हत्याकाण्ड संघर्ष समितिले स्वतन्त्र छानविन समिति बनाएर सत्यतथ्य पत्ता लगाउन माग गरेको छ ।
मंगलबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर समितिले घटनाको यथार्थ लुकाएर अन्याय गर्न खोजिएको भन्दै छानविन गर्न माग गरेको हो ।
तामाङको शव झुण्डिएको अवस्थामा असार ३ गते अस्पतालकै एक कोठामा फेला परेको थियो ।
रामेछाप, दोरम्बा घर भएकी विमलाले आत्महत्या गरेको नभै हत्या भएको परिवारले जिकिर गर्दै आएको छ । तर प्रहरीको प्रारम्भिक रिपोर्टमा भने आत्महत्या नै उल्लेख गरिएको छ ।
अघिल्लो दिन सोमबार राति विमला हराएपछि परिवारका सदस्यले खोजी सुरु गरेका थिए । परिवारका सदस्यले भोलिपल्ट अस्पतालभित्रै ताल्चा लगाइएका दुई कोठामा विमला भएको आशंका गर्दै खोल्ने प्रयास गरे । तर अस्पतालका कर्मचारीले सञ्चालक उत्तम सञ्जेलकी पत्नी कला अधिकारी सञ्जेललाई नसोधी खोल्न नमिल्ने बताएपछि ढोका खोलिएन । भोलिपल्ट सोही कोठामा विमला झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।
यही घटनाक्रमले यो काण्ड रहस्यमय देखिएको हो । त्यसैगरी मृतकका साथबाट प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको थियो । उक्त नोटमा दुई कर्मचारीको नाम लेखिएको थियो भने ‘म्याम’ भनेर सञ्जेलपत्नी कलालाई संकेत गरेको मृतक परिवारजनको दाबी छ ।
घटनाको प्रकृति हेर्दा आत्महत्या हुनै नसक्ने भन्दै परिवार र समितिले पत्रकार सम्मेलन गरेर अस्पताल प्रशासनले घटना ढाकछोप गर्न खोजेको आरोप लगाएको हो ।
पत्रकार सम्मेलनमा समितिले जारी गरेको प्रेस विज्ञप्तिमा गौशालाका डिएसपी प्रदिपकुमार सिंहले हेर्नुपर्ने केशलाई माथिल्लो निकायका डिएसपी होविन्द्र बोगटिलाई मृतकको परिवारको जाहेरी लिन एक हप्तासम्म आलटाल गरिएको आरोप लगाइएको छ ।
२ हप्तापछि मृतकका तामाङ्को भिएसआर जाँच्न पठाइएको तर उक्त परीक्षण परिवारको उपस्थितीबिना गरिएको समितिको आरोप छ ।
भिएसआर पुनः परीक्षण गर्न माग गर्दा शवबाट अब रगत नै नआउने भएकाले परीक्षण गर्न नमिल्ने जवाफ चिकित्सकले दिएको पत्रकार सम्मेलनमा समितिका अध्यक्ष सिंहदेव तामाङले बताए ।
अभियुक्तलाई किटानी जाहेरी दिइएको जानकारी दिँदै तामाङले दोषीलाई जन्मकैद हुनुपर्ने माग गरे । साथै समता अस्पतालको कर्मचारी भएका नाताले विमला तामाङको परिवारलाई उचित क्षतिपूर्ति पनि दिनुपर्ने माग अघि सारिएको उनले बताए ।
समता अस्पतालको संचालक समितिमाथि पनि छानविन हुनुपर्ने माग गरिएको छ ।
समितिले जारी गरिएको विज्ञप्तिमा हत्याको आशंका गर्दै लेखिएको छ–“हाम्रो विचारमा अस्पतालभित्र दुई नम्बरी धन्दा भइरहेको थियो । मृतक विमला तामाङ त्यसबारे केही जानकार भएकाले त्यसलाई बाहिर उजागर गर्लिन भनेर विष खुवाई वा इन्जेक्सन दिई मारेको हुनपर्छ भन्ने हाम्र्रो बुझाई छ ।”
समितिले अपराधीलाई जन्मकैदको सुनिश्चितता र विमालको परिवारले पाउनुपर्ने क्षतिपूर्ति नपाएसम्म लास नबुझ्ने अडान लिएको छ ।
पत्रकार सम्मेलनमा विमलाका श्रीमान् बुद्धराज तामाङ उपस्थित भए पनि केही बोलेनन् । समितिले उनी शोकमा भएकाले केही बोल्न नसक्ने जानकारी गराएको थियो ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
