विनाप्रतिस्पर्धा मध्यरातमा पौने दुई अर्बको ठेक्का
जानकारी केन्द्र
२०७६, असार, २७
काठमाडौं २७ असार । एक लाख राष्ट्रिय परिचयपत्रसमेत समयमै छाप्न नसकेको फ्रान्सेली कम्पनीलाई सरकारले विनाप्रतिस्पर्धा १६ मिलियन अमेरिकी डलर(पौने दुई अर्ब रुपैंयाँ) को ठेक्का दिएको छ ।
मन्त्रिपरिषदको निर्णय अनुसार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले मध्यराति फ्रान्सेली कम्पनी आइडेमियासँग ठेक्का सम्झौता गरेको हो । विभागका प्रवक्ता शिवराज जोशीले बुधबार राति सम्झौता भएको बताए ।
परिचयपत्र छपाईको पूर्वाधार निर्माण र ४ बर्षका लागि सेवा दिने गरी सम्झौता गरिएको हो । मन्त्रिपरिषद बैठकले केही समयअघि आइडेमियासँग छलफल र ठेक्का सम्झौता गर्न विभागलाई निर्देशन दिएको थियो ।
मन्त्रिपरिषदको निर्णय अनुसार विभागले आइडेमियाका प्रतिनिधिसँग छलफल (नेगोसिएसन) गरी ठेक्का सम्झौता गरेको हो । कान्तिपुर दैनिकबाट
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


