• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • ७ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • ८ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • ८ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • ९ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ९ घण्टा 

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी
  • ९ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • १० घण्टा 

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ११ घण्टा 

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

भ्रष्टाचार मौलाउँदै, १८ सय सरकारी ठेक्काहरु अलपत्र

admin २०७६, श्रावण, ५

,काठमाण्डौ । ठेक्का लगाउदा जमिनको मुआब्जा टुंगो नलगाई ठेक्का लगाएर २० प्रतिशत मोबिलाईजेशन पेश्की लिने तर, ठेक्काको काम सुरु नगरी पैसा मात्रै लिएर छाड्ने कारण खर्बौ रकममा अनियमितता हुने गरेको छ । आर्थिक बर्ष २०७५/७६ मा १ हजार ८ सय ४८ आयोजना रुग्ण अवस्थामा अलपत्र अवस्थामा भेटिएपछि अख्तियारले विकास आयोजनामा भईरहेको अनियमितताका सम्बन्धमा अनुसन्धान अगाडी बढाएको हो ।

आयोगले सरकारी रुग्ण आयोजनाहरुको ठेक्का व्यवस्थापनका सम्बन्धमा अध्यनन गर्ने क्रममा सरकारको निर्माण कार्यको भयावह अवस्था देखिएको छ । शनिबार मात्रै सिराहाका सब ईन्जिनियर उमा श्रेष्ठ शौचालय निर्माणको सहज भुक्तानी सहज गराईदिएबापत सेवाग्राहीसँग ५० हजार घुस लिदा लिदै रंगेहात पक्राउ परेका छन् ।

यसैगरी शनिबार नै दोलखाका वरिष्ठ डिभिजन ईन्जिनियर प्रकाश अधिकारी उपभोक्ता समितिसँग १३ लाख घुस लिएर काठमाडौ आउदै गर्दा पक्राउ परेका छन् । गत आर्थिक बर्षमा १ खर्ब १८ अर्बका १८ सय ४८ वटा सरकारी ठेक्काहरुको पनि अध्ययन गर्नेक्रममा २३ अर्ब रुपैयाभन्दा बढीको मोबिलाईजेशन पेश्की लिएर निर्माण व्यववसायीले प्रयोग गरेको तर, काम नै सुरु नगरेको आयोगले तथ्य फेला पारेको थियो ।

मुआब्जाको रकम टुंगो नलगाई र काम सुरु गर्ने अवस्था नै नभएको बेला मोबिलाईजेशन पेश्की लिएर काम नगर्ने कारण गत अघिल्लो आर्थिक बर्षमा १८ सय आयोजनाभन्दा बढी रुग्ण अवस्थामा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता कोईराला बताउँछन् ।

राष्ट्रिय गौरवको आयोजना बारामा निर्माण भईरहेको सिंक्टा सिचाई आयोजनामा २ अर्ब १६ करोड १७ लाख भ्रष्टाचार भएको थियो । गुणस्तरहिन निर्माण गरी भ्रष्टाचार गरेको आरोपमा सबैभन्दा बढी बिगो मागदाबीसहित विशेष अदालतमा मुद्धा दर्ता गरेको हो ।

सिक्टा काण्डमा पूर्व मन्त्री विक्रम पाण्डको संलग्नता रहेको पाइएपछि पाण्डे विरुद्ध पनि मुद्धा दर्ता भएको छ । यसैगरी, बर्दियामै अर्को जब्दी खोला पुल निर्माणमा भएको भ्ष्टचारमा १९ करोड ३२ लाख हिनामिना भएको फेला पारेको थियो । गत बर्ष भृकुटीमण्डपमा फन पार्कका लागि जग्गा भाडामा दिदा ३१ करोड ५२ लाख हिनामिना गरेको आरोपमा भएको अनियमिततामा मुद्धा दर्ता गरेको छ ।

गत आर्थिक बर्षमै आयोगले घुससहित १ सय ६१ राष्ट्र सेवक कर्मचारी सहित ७ जना जनप्रतिनिधि र बिचौलिय र अन्य गरी ३२ जनालाई रंगेहात पक्राउ गरेको थियो । जसमध्ये १४२ जना रंगेहात कारबाहीमा परेका थिए । गत बर्ष नेपाल आयल निगमका तत्कालिन कार्यकारी निर्देशक गोपाल बहादुर खड्काविरुद्ध निगमको जग्गा काण्डमा १८ करोड ६६ लाख रुपैयाँ विगो दाबीसहित मुद्धा हालेको छ ।

गैरकानुनी सम्पत्ति आर्थत तर्फ श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध १४ करोड ६१ लाख विगो दाबीसहित मुद्धा दर्ता भएको थियो । आयोगले एक बर्षको अवधिमा ३ सय ५७ ओटा भ्रष्टाचारको मुद्धा विशेष अदालतमा दर्ता गरेको छ । जस्मध्ये ८८.५ प्रतिशत मुद्धाका भ्रष्ट्राचार गरेकाहरुलाई सजाय भएको प्रवक्ता कोइरालाको दावी छ ।

उजुरीको संङ्ख्या पनि बर्षेनीजसो बढेर गएको छ । आर्थिक बर्ष २०७५÷७६ मा आयोगमा २४ हजार ४८ उजुरी परेका थिए । जस्मध्ये १५ हजार ६ सय ११ उजुरी फर्स्यौट भईसकेका छन् ।

आयोगले ९ सय २१ उजुरीको विस्तृत अनुसन्धान गर्ने निर्णय गरेको छ । यो अघिल्लो बर्षको तुलनामा साढे चार हजारले बढी हो । आर्थिक वर्ष २०७४–७५ मा १९ हजार ४ सय ८८ उजुरी परेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

ताजा

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.