• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • ६ घण्टा 

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
  • ६ घण्टा 

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा
  • ७ घण्टा 

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
  • ७ घण्टा 

आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी
  • ८ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • ९ घण्टा 

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • २. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • ३. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

  • ४. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • ५. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ६. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ७. जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

  • ८. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ९. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • १०. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

कालिका कन्ट्रक्सनले अलपत्र बनायो बागमती करिडोर, काठमाडौं डुवानमा पार्ने कन्ट्रक्सन किन पर्दैन कालो सूचीमा ?

admin २०७६, श्रावण, ८

काठमाडौं ६ साउन । बागमती सभ्यता एकिकृत विकास परियोजना अन्र्तगतको बागमती करिडोर बनाउने काम अलपत्र परेको छ । करिव २० बर्षदेखि सुरु भएको बागमती करिडोरको आयोजना पछिल्लो समय कालिका कन्ट्रक्सनको लापरबाहीले अलपत्र परेको हो । बागमतीलाई पुरानै बहावको स्थितिमा फर्काउने र हराभरा बनाउने लक्ष्यसहित सुरु गरिएको बागमती ब्यूटिफिकेसन आयोजना अन्तर्गतको ठेक्कामा हालिमुहाली गरिरहेको कालिका कन्ट्रक्सनकै कारण बर्षादको समयमा नदी आसपासको बस्ती पनि डुबानमा पर्दै आएको छ ।


सन् २०१७ मा २७ महिनाको समयसिमा राखेर कालिका कन्ट्रक्सनलाई करिब १ अर्ब ९२ करोड लागतको बागमती ब्यूटिफिकेसनको ठेक्का दिइएपनि आयोजनाको काम निक्कै सुस्त छ । बन्द तथा निर्माण सामाग्री अभावलाई कारण देखाउँदै थपिएको ठेक्काको म्याद गुजारेर ३५ देखि ४० प्रतिशत मात्रै काम सम्पन्न गरेको ठेकेदार पक्षलाई बागमती सभ्यता एकिकृत विकास परियोजनाले काँध थापिरहेको छ । आयोजनाले आर्थिक हिसाबकिताब मिलाएर म्याद थप्दै बागमती ब्यूटिफिकेसनका नाममा ठूलो रकमको अपचलन गर्न खोजिएको कतिपय बागमती सफाई अभियन्ताको आरोप पनि छ । ठेकेदार पक्ष आफै अर्थात पूर्व मन्त्री समेत कालिका कन्ट्रक्सनका बिक्रम पाण्डेले मुआब्जा माग्दै स्थानीयले काममा अवरोध गरेको बाहानाबाजी गराएर ‘बागमति ब्यूटिफिकेसन’को काममा ढिलाई गरेको आरोप पनि कतिपयले लगाउँदै आएका छन् ।


दुईबर्ष अघि बाग्मती नदीलाई पुरानै शैलिमा फर्काउने र हराभरा बनाउने उद्देश्यसहित निर्माण कार्य थालिएको बाग्मती करिडोर निर्माणको कामले गति नलिएको बारे परियोजना समेत बेमतलबी देखिएको छ । गोकर्ण ब्यारेजदेखि जोरपाटी पुलसम्म नदीको चौडाई ३५ मिटर, त्यहाँदेखि गुह्येश्वरीसम्म ४० मिटर र गुहेश्वरीदेखि सिनामंगलसम्मको क्षेत्रमा करिव ३० मिटर चौडाई बनाएर पानीको बहाब प्रतिसेकेन्ड साढे ४ सय बनाउने, दायाँबाया हरित उद्यान निर्माण गर्ने योजनासहित बाग्मती ब्यूटिफिकेसनको काम शुरु गरिएकोमा ठेक्कको समयसिमा गुजार्दा पनि काममा उल्लेख्य प्रगती हुन सकेको छैन ।


यता, अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समिति भने एकसय ८८ रोपनी जग्गाको मुआब्जा बिवादले काम अलपत्र परेको बताउँछ । कामको सुस्तता र बेवास्ताले भने यहाँ निर्माण पक्ष अनि परियोजनाकै आर्थिक साँठगाँठमा समय सिमा लम्याएर चलखेल गर्ने खेल भएको स्थानीय बताउँछन् ।


बागमती मुहान देखि चोभारसम्मको १८ किलोमिटर बाग्मती किनार दुबै तर्फ बनाउनुपर्नेछ । जसको समय सिमा सकिएपनि पैसा र कमिसन बाडेर आयोजनाका कर्मचारीलाई हातमा लिई पटक–पटक म्याद थप्ने र अझै पनि काममा ढिला सुस्ती गरेर समयसिमा लम्ब्याउने खेल भैरहको छ । यो खेलमा गोकर्णदेखी सिनामंगल पुलसम्मको ठेक्का लिएको कालिका कन्ट्रक्सन सबैभन्दा अग्र स्थानमा देखिएको छ ।


असारको पानी र बाढीले काठमाडौ डुवाएपछि भने थुपै्रले बाग्मती करिडोर बनाउन गरिएको ढिलाईले काठमाडौं डुबानमा सघाएको बताएका थिए । हुनत कालिका कन्ट्रक्सनले हात हालेका जलसँग सम्बन्धित बिगतका आयोजनामा पनि समस्या देखिदै आएको छ । बहुचर्चित राष्ट्रिय गौरवको योजना सिक्टा सिचाई आयोजना होस् वा बीरगंज र विराटनगर ढलको काम । यी सबै ठेक्कमा कालिकाले बद्मासी गरेको छ । आर्थिक प्रलोभन र राजनीतिक शक्तिका आडमा ठेक्का हात पारेको कालिकाले अधिकांश ठेक्का लथालिङग छाड्दा पनि ठेक्का प्रक्रियामा सहभागिता पाइरहनु देशकैलागी दुर्भाग्यपुर्ण छ । दुई बर्षमा आयोजना पूरा भई सक्नुपर्नेमा १७ प्रतिशत मात्रै काम, यस्तै ठेकेदारलाई पटक—पटक म्याद थपेर ठेक्का लम्ब्याउने खेल । सरकारी पैसा पेश्की लिएर काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गर्ने र कालो सूचीमा राख्ने प्राबधान भएपनि पटक—पटक काम बिगार्ने कालिका कन्ट्रक्सनलाई प्रोत्साहन किन ? आफैले स्थानीय उचाल्ने, काम नगरेर कमिसनको खेल खेल्ने ठेकेदार कम्पनीमाथी कारबाही गर्नुपर्ने माग पनि उठिरहेको छ, यतिबेला ।२०२१ सालको नापी अनुसार बाग्मती नदी नागबेली शैलीमा १५ मिटरको क्षेत्रमा थियो ।

तर पछि यसको क्षेत्रलाई सिधा बनाएर ४० मिटरको क्षेत्रमा वारपार रहनेगरी करिडोर निर्माण कार्य थालियो । यो अभियानले गति नलिएको बारे बागमती सफाई अभियन्ता र काठमाडौंबासीले पटक—पटक चासो राख्दा पनि सुनुवाई भएको छैन । ब्युटिफिकेसन निर्माण गर्ने क्रममा स्थानीयको जग्गा जबरजस्ती नदीमा पारिएको हो वा परियोजना र ठेकेदार पक्षले बद्मासी गरेका हुन् । यसबारे गम्भिर समिक्षा हुनुपर्छ । विवादका कारण काम अघि नबढेको बहानाबाजीमा बागमतीको काम रोकिदा दातृ निकायले सहयोग रोक्ने चेतावनी पनि दिदै आएका छन् ।

खोज पत्रिका बाट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो
दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला
साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

ताजा

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल

डिजेल १८ प्रतिशतभन्दा बढी सस्तो हुँदा पनि सार्वजनिक यातायातको भाडा २ प्रतिशत मात्रै घट्यो

इन्जुरी टाइममा रामोस चम्किए, क्रोएसियालाई हराउँदै पोर्चुगल अन्तिम १६ प्रवेश मा

दक्षिण एसियामा साँस्कृतिक संरक्षणका लागि ब्रिटिस काउन्सिलको कल्चरल प्रोटेक्सन फन्डमार्फत अनुदानका लागि आवेदन खुला

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.