• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

कालिका कन्ट्रक्सनले अलपत्र बनायो बागमती करिडोर, काठमाडौं डुवानमा पार्ने कन्ट्रक्सन किन पर्दैन कालो सूचीमा ?

काठमाडौं ६ साउन । बागमती सभ्यता एकिकृत विकास परियोजना अन्र्तगतको बागमती करिडोर बनाउने काम अलपत्र परेको छ । करिव २० बर्षदेखि सुरु भएको बागमती करिडोरको आयोजना पछिल्लो समय कालिका कन्ट्रक्सनको लापरबाहीले अलपत्र परेको हो । बागमतीलाई पुरानै बहावको स्थितिमा फर्काउने र हराभरा बनाउने लक्ष्यसहित सुरु गरिएको बागमती ब्यूटिफिकेसन आयोजना अन्तर्गतको ठेक्कामा हालिमुहाली गरिरहेको कालिका कन्ट्रक्सनकै कारण बर्षादको समयमा नदी आसपासको बस्ती पनि डुबानमा पर्दै आएको छ ।


सन् २०१७ मा २७ महिनाको समयसिमा राखेर कालिका कन्ट्रक्सनलाई करिब १ अर्ब ९२ करोड लागतको बागमती ब्यूटिफिकेसनको ठेक्का दिइएपनि आयोजनाको काम निक्कै सुस्त छ । बन्द तथा निर्माण सामाग्री अभावलाई कारण देखाउँदै थपिएको ठेक्काको म्याद गुजारेर ३५ देखि ४० प्रतिशत मात्रै काम सम्पन्न गरेको ठेकेदार पक्षलाई बागमती सभ्यता एकिकृत विकास परियोजनाले काँध थापिरहेको छ । आयोजनाले आर्थिक हिसाबकिताब मिलाएर म्याद थप्दै बागमती ब्यूटिफिकेसनका नाममा ठूलो रकमको अपचलन गर्न खोजिएको कतिपय बागमती सफाई अभियन्ताको आरोप पनि छ । ठेकेदार पक्ष आफै अर्थात पूर्व मन्त्री समेत कालिका कन्ट्रक्सनका बिक्रम पाण्डेले मुआब्जा माग्दै स्थानीयले काममा अवरोध गरेको बाहानाबाजी गराएर ‘बागमति ब्यूटिफिकेसन’को काममा ढिलाई गरेको आरोप पनि कतिपयले लगाउँदै आएका छन् ।


दुईबर्ष अघि बाग्मती नदीलाई पुरानै शैलिमा फर्काउने र हराभरा बनाउने उद्देश्यसहित निर्माण कार्य थालिएको बाग्मती करिडोर निर्माणको कामले गति नलिएको बारे परियोजना समेत बेमतलबी देखिएको छ । गोकर्ण ब्यारेजदेखि जोरपाटी पुलसम्म नदीको चौडाई ३५ मिटर, त्यहाँदेखि गुह्येश्वरीसम्म ४० मिटर र गुहेश्वरीदेखि सिनामंगलसम्मको क्षेत्रमा करिव ३० मिटर चौडाई बनाएर पानीको बहाब प्रतिसेकेन्ड साढे ४ सय बनाउने, दायाँबाया हरित उद्यान निर्माण गर्ने योजनासहित बाग्मती ब्यूटिफिकेसनको काम शुरु गरिएकोमा ठेक्कको समयसिमा गुजार्दा पनि काममा उल्लेख्य प्रगती हुन सकेको छैन ।


यता, अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृत विकास समिति भने एकसय ८८ रोपनी जग्गाको मुआब्जा बिवादले काम अलपत्र परेको बताउँछ । कामको सुस्तता र बेवास्ताले भने यहाँ निर्माण पक्ष अनि परियोजनाकै आर्थिक साँठगाँठमा समय सिमा लम्याएर चलखेल गर्ने खेल भएको स्थानीय बताउँछन् ।


बागमती मुहान देखि चोभारसम्मको १८ किलोमिटर बाग्मती किनार दुबै तर्फ बनाउनुपर्नेछ । जसको समय सिमा सकिएपनि पैसा र कमिसन बाडेर आयोजनाका कर्मचारीलाई हातमा लिई पटक–पटक म्याद थप्ने र अझै पनि काममा ढिला सुस्ती गरेर समयसिमा लम्ब्याउने खेल भैरहको छ । यो खेलमा गोकर्णदेखी सिनामंगल पुलसम्मको ठेक्का लिएको कालिका कन्ट्रक्सन सबैभन्दा अग्र स्थानमा देखिएको छ ।


असारको पानी र बाढीले काठमाडौ डुवाएपछि भने थुपै्रले बाग्मती करिडोर बनाउन गरिएको ढिलाईले काठमाडौं डुबानमा सघाएको बताएका थिए । हुनत कालिका कन्ट्रक्सनले हात हालेका जलसँग सम्बन्धित बिगतका आयोजनामा पनि समस्या देखिदै आएको छ । बहुचर्चित राष्ट्रिय गौरवको योजना सिक्टा सिचाई आयोजना होस् वा बीरगंज र विराटनगर ढलको काम । यी सबै ठेक्कमा कालिकाले बद्मासी गरेको छ । आर्थिक प्रलोभन र राजनीतिक शक्तिका आडमा ठेक्का हात पारेको कालिकाले अधिकांश ठेक्का लथालिङग छाड्दा पनि ठेक्का प्रक्रियामा सहभागिता पाइरहनु देशकैलागी दुर्भाग्यपुर्ण छ । दुई बर्षमा आयोजना पूरा भई सक्नुपर्नेमा १७ प्रतिशत मात्रै काम, यस्तै ठेकेदारलाई पटक—पटक म्याद थपेर ठेक्का लम्ब्याउने खेल । सरकारी पैसा पेश्की लिएर काम नगर्ने ठेकेदार कम्पनीलाई कारवाही गर्ने र कालो सूचीमा राख्ने प्राबधान भएपनि पटक—पटक काम बिगार्ने कालिका कन्ट्रक्सनलाई प्रोत्साहन किन ? आफैले स्थानीय उचाल्ने, काम नगरेर कमिसनको खेल खेल्ने ठेकेदार कम्पनीमाथी कारबाही गर्नुपर्ने माग पनि उठिरहेको छ, यतिबेला ।२०२१ सालको नापी अनुसार बाग्मती नदी नागबेली शैलीमा १५ मिटरको क्षेत्रमा थियो ।

तर पछि यसको क्षेत्रलाई सिधा बनाएर ४० मिटरको क्षेत्रमा वारपार रहनेगरी करिडोर निर्माण कार्य थालियो । यो अभियानले गति नलिएको बारे बागमती सफाई अभियन्ता र काठमाडौंबासीले पटक—पटक चासो राख्दा पनि सुनुवाई भएको छैन । ब्युटिफिकेसन निर्माण गर्ने क्रममा स्थानीयको जग्गा जबरजस्ती नदीमा पारिएको हो वा परियोजना र ठेकेदार पक्षले बद्मासी गरेका हुन् । यसबारे गम्भिर समिक्षा हुनुपर्छ । विवादका कारण काम अघि नबढेको बहानाबाजीमा बागमतीको काम रोकिदा दातृ निकायले सहयोग रोक्ने चेतावनी पनि दिदै आएका छन् ।

खोज पत्रिका बाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.