Jankari Kendra
११ भाद्र २०८३, बिहीबार
Worldlink

सर्वोच्चको आदेशविपरित पूर्व प्रधानन्यायाधीशले गरे गाडीको दुरुपयोग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, श्रावण, ११
सर्वोच्चको आदेशविपरित पूर्व प्रधानन्यायाधीशले गरे गाडीको दुरुपयोग

साउन १०, काठमाण्डौ । अन्यायमा परेकालाई न्याय दिने मात्रै होइन विथिति रोक्ने अंगको रुपमा समेत न्यायपालिकालाई चिनिन्छ । तर, यहि न्यायपालिका भित्र रहेका सवारी साधनहरुको भने अत्याधिक दुरुपयोग भएको पाइएको छ । कतिसम्म भने कानुनविपरित अझै भनौ आफैले गरेको फैसलाविरुद्ध पूर्वप्रधानन्यायाधीशहरुले सर्वोच्च अदालतको गाडी प्रयोग गरिराखेका छन् । त्यो पनि सरकारी गाडीमा निजी नम्बर प्लेट प्रयोग गरेर ।

कानुन नबनेसम्म पूर्वपदाधिकारीलाई गाडी नदिन सर्वाेच्चले नै आदेश दिएको थियो । तर, यहि आदेशलाई लत्याएर सर्वोच्चका १४ जना पूर्वप्रधानन्यायाधीशहरुले सरकारी गाडीलाई निजी बनाएर प्रयोग गरेका छन् । उनीहरुले सेतो नम्बर प्लेट फालेर रातो प्लेट हालेर चलाउनुका साथै चालक पनि लगेका छन् ।

हामी यी १४ पूर्व प्रधानन्यायाधीश कोको हुन् ? तिनले कुन कुन गाडी लगे ? कति नम्बरको सरकारी गाडीलाई कति नम्बरको निजी बनाए त्यसको विवरण देखाउँदैछौ ।

यी हुन् १४ पूर्वप्रधानन्यायाधीशहरु जसले सरकारी गाडी निजी बनाएर चलाए

१. ओमप्रकाश मिश्र
गाडी : टाटा स्ट्रोम
निजी बनाइएको नम्बर: बा.११च ११५
सरकारी चालक: श्याम श्रेष्ठ

२. गोपाल पराजुली
गाडी ः टोयोटा फच्र्युनर
सरकारी नम्बर : बा.१ झ ६३८६
निजी बनाइएको नम्बर : बा.१३च ६२३१
सरकारी चालक : राजु चौधरी

३.सुशीला कार्की
गाडी : महिन्द्र स्कारपियो
सरकारी नम्बर : बा.२झ २५११
निजी बनाइएको नम्बर : बा.१७च ८३८३
उनले साथमा सर्वोच्चका कार्यालय सहयोगी कमला तामाङ संगै लगेकी छिन् ।

४. कल्याण श्रेष्ठ
गाडी : टोयोटा ल्यान्डक्रुजर
सरकारी नम्बर : बा.१ झ ६३८३
निजी बनाइएको नम्बर : बा.१३ च ६२३१
सरकारी चालक : जोगमान महतो
उनको गाडी एक पटक सर्वोच्चका कर्मचारीले खोसे पनि पुनः लगेका हुन् ।

५ रामकुमारप्रसाद साह
गाडी ः टाटा स्ट्रोम्स भिएक्स
सरकारी नम्बर : बा.२झ ६५६
निजी बनाइएको नम्बर : बा.११च ४०८४
सरकारी चालक : नेत्रबहादुर गिरी

६. खिलराज रेग्मी
गाडी : महिन्द्रा स्कारपियो
सरकारी नम्बर : बा.२झ ११३
निजी बनाइएको नम्बर : बा.१२च ६८५३
साथमा उनले सर्वोच्चका सहयोगी दीपक मिश्रलाई पनि आफैसँग राखेका छन् ।

७. दामोदरप्रसाद शर्मा
गाडी ः सेभोर्ले क्याप्टिभा
सरकारी नम्बर : बा.१झ ९८७७
निजी बनाइएको नम्बर : गाडीमा बा.१०च ८४३३

८. मीनबहादुर रायमाझी
गाडी : फोर्ड
सरकारी नम्बर : बा.१झ ९४८४
निजी बनाइएको नम्बर : बा.९च ४९१२

९.दिलीपकुमार पौडेल
गाडी : फोर्ड
सरकारी नम्बर : बा.१ झ९४९१
निजी बनाइएको नम्बर : बा.९ च ४९२०

१०. हरिप्रसाद शर्मा
गाडी : फोर्ड
सरकारी नम्बर : बा.१ झ ९५०३
निजी बनाइएको नम्बर : बा.९च ४१३१

११. केशवप्रसाद उपाध्याय
गाडी : फोर्ड
सरकारी नम्बर : बा.१झ ९४९६
निजी बनाइएको नम्बर : बा.९च ४९२५

१२. मोहनप्रसाद शर्मा
गाडी : फोर्ड
सरकारी नम्बर : बा.१झ ९४८५
निजी बनाइएको नम्बर : बा.९च ४९१३

१३. ओमभक्त श्रेष्ठ
गाडी : फोर्ड
सरकारी नम्बर : बा.१झ ९४९३
निजी बनाइएको नम्बर : बा.९च ४९२२

१४. सुरेन्द्रप्रसाद सिंह
गाडी : फोर्ड
सरकारी नम्बर : बा.१झ ९४९२
निजी बनाइएको नम्बर : बा.९च ४९२१ नम्बर

नियमतः अवाकाश पाएपछि पूर्वप्रधानन्यायाधीशहरुले सरकारी गाडी र चालक लग्न पाउँदैनन् । अर्को कुरा जथाभावि सेते नम्बर प्लेट अर्थात सरकारी प्लेटलाई रातो अर्थात निजी बनाउन पाइदैन् । न्यायाधीशहरूको पारिश्रमिक, सेवा, सर्त र सुविधासम्बन्धी ऐन, २०७४ को दफा ७ को उपदफा ५ मा प्रधानन्यायाधीश तथा न्यायाधीशले प्रयोग गरेको सवारीसाधन कार्यकाल सकिएको सात दिनभित्र फिर्ता गर्नुपर्ने व्यवस्था छ ।

ऐनको दफा ७ को उपदफा ६ मा भने अवकाशप्राप्त प्रधानन्यायाधीश÷न्यायाधीशले आफैँ राख्न चाहे सवारीसाधनको किताबी मूल्य बुझाएर प्राप्त गर्न सक्ने व्यवस्था छ । तर, १४ पूर्वप्रधानन्यायाधीशले न त त्यसको मूल्य बुझाएका छन् न गाडी नै फिर्ता गरेका छन् ।

Top Changing Nepal

युट्युब सट्स