• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

कीर्ते कागजात बनाएर सरकारी काम गर्ने गिरोह पक्राउ

साउन १०, ओखलढुंगा | कीर्ते कागजात बनाएर सरकारी काम गर्ने एउटा गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । वडा कार्यालयले दिने सबै कागजात कीर्ते बनाएर सरकारी सेवा लिने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । 

निर्वाचित वडा सदस्यको नाममा कार्यवाहक वडा अध्यक्ष उल्लेख गरी उनीहरुको कीर्ते हस्ताक्षर गर्ने मुख्य अभियुक्त सुनकोशी गाउँपालिका– ९ ककनीका कर्णबहादुर तामाङसहित कीर्ते कागजात देखाएर सेवा लिने स्थानीय पञ्चबहादुर तामाङ र अम्बरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख पुष्पराज मल्लले जानकारी दिनुभयो । 

मुख्य अभियुक्त भनिएका कर्ण तामाङ बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् । उनलाई जिल्ला ल्याएर अदालतमा पेश गरिएको छ । पञ्चबहादुर र अम्बरबहादुर केही समयअघि पक्राउ परेका थिए । उनीविरुद्ध सरकारी कागजात कीर्तेमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । 

कीर्ते कागजात बनाउने तामाङ स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट वडा सदस्यका उम्मेदवार थिए । निर्वाचनमा पराजित भए पनि उनले वडा कार्यालयले दिने सबैजसो सिफारिससहितका कागजात कीर्ते हस्ताक्षर गरेर दिने गरेको खुलेको छ । सुनकोशी गाउँपालिका वडा नं ९ को छाप, लेटरप्याड, मालपोत रसिदलगायतका सबै सरकारी कागजात कीर्ते गरेर गाउँका नागरिकसँग अवैद्यरुपले सेवा शुल्क भन्दै रकम असुल्ने गरेको पाइएको वडाध्यक्ष झनककुमार कार्कीले बताउनुभयो । छाप, मालपोत रसिद, सर्जिमन मुचुल्का तथा हस्ताक्षरसमेत कीर्ते गरेर जिल्ला मालपोत कार्यालय ओखलढुङ्गाबाट अनाधिकृत व्यक्तिका नाममा जग्गा नामसारी गरेको कार्कीले बताउनुभयो । 

कीर्ते गरेर हकवालालाई थाहै नदिइ अरुको नाममा पास गरेपछि घटना बाहिर आएको उहाँको भनाइ छ । “यहाँको निर्वाचित वडा अध्यक्ष म हुँ । मैले वडा सदस्यलाई कार्यवाहक छाडेको छैन तर कार्यवाहक भन्दै हस्ताक्षर गरेर काम गरेको भेटियो”,अध्यक्ष कार्कीले भन्नुभयो, “कसैलाई थाह नदिइ केही व्यक्तिले वडा कार्यालय नै खडा गरेर साथीले काम गर्नुभएको रहेछ यो गलत भयो ।”तामाङले सिफारीश, नाताप्रमाणित, सर्जिमन मुचुलका, वडा कार्यालयका विभिन्न निर्णय भएको भनी हुँदै नभएको फर्जी निर्णयको सिफारीश दिने कामसमेत गरेको पाइएको छ । 

सबै कागजातमा कार्यवाहक वडाध्यक्ष भनेर धनबहादुर तामाङ र टङ्कबहादुर कटवालको नाम उल्लेख गरिएको छ । तामाङ र कटवाल दुवै उक्त वडाका वडा सदस्य हुनु हो । कीर्ते कागजातबाट मालपोतमा जग्गा कारोवार भइरहेको सूचना पाएपछि स्थानीयले वडा र प्रहरीमा खबर गर्नुभएको थियो । वडा सदस्य धनबहादुर तामाङ र टङ्कबहादुर कटवालको नाममा कीर्ते गरेको भेटिएपछि दुवै वडा सदस्यले आफ्नो नाममा कीर्ते भएको भन्दै वडा कार्यालयमार्फत प्रहरी र प्रशासनमा उजुरी दिएर छानविनका लागि आग्रह गर्नुभएको थियो ।  

कर्णबहादुरको अगुवाइमा सबै कागजात कीर्ते गरेर २०७६ जेठ १ गते अम्बरबहादुर तामाङको नाममा जग्गा पास भइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ । लगत्तै पञ्चबहादुर तामाङले जग्गा कारोवार गर्न मालपोत पुगेपछि घटना सार्वजनिक भएको थियो । सरकारी कागजात कीर्ते गरी जग्गासमेत कारोवार गरेको आरोपमा दुई जना पक्राउ परेपछि मुख्य अभियुक्त कर्णबहादुर तामाङ फरार थिए । पक्राउ परेका अन्य व्यक्तिलेसमेत सबै कागजात कर्णबहादुरले मिलाएको बयान दिएका छन् । जग्गा पास गर्न ३५ दिने सूचनासमेत प्रकाशित गरेर कारोवार गरेको पाइएको छ ।

कीर्ते कागजातका आधारमा जग्गा पास गर्ने जिल्ला मालपोत कार्यालय र लेखापढी व्यवसायीकोसमेत संलग्नता रहेकाले छानविन गर्न स्थानीयले माग गरेका छन् । मुद्दामा प्रतिवादी रहेका पञ्चबहादुरले वडा नं ९ कार्यालयको छाप, लेटरप्याड, मालपोत रसिद, सर्जिमन मुचुल्का लगायतका कागजात कीर्ते गरेर जग्गा नामसारीका लागि मालपोत कार्यालयमा पेश गर्ने क्रममा पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान गर्दा जग्गा पास भइसकेको र अरुको मिलेमतो रहेको रहस्य खुलेको हो । तीन जना पक्राउ परेपछि गिरोहकैरुपमा लामो समयदेखि कीर्ते कागजात तयार गरेर काम हुने गरेको घटना सार्वजनिक हुन थालेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
    शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.