सूर्योदय– ५:२५ बजे, सूर्यास्त– १८:५४ बजे र दिनमान ३३ घडी २ पला। व्रत/पर्व- द्विपुष्कर योग १६:४१ बजे प्रारम्भ,कामिका एकादशी व्रत।
जय गुरु देव !! जय सुर्य देव !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!
आजको- पञ्चाङ्ग
वि.सं. २०७६ साउन १२, आइतबार, इ.स. २०१९ जुलाई २८, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ दिल्लागा, श्रावण कृष्णपक्ष, एकादशी, १४:५९ उप्रान्त द्वादशी,नक्षत्र– रोहिणी, १६:४१ बजेउप्रान्त मृगशिरा, योग– ध्रुव, २७:०५ बजेउप्रान्त व्याघात, करण– वालव, १४:५९ बजेदेखि कौलव, २६:३३ बजेउप्रान्त तैतिल, आनन्दादिमा धाता योग,चन्द्रराशि– वृष, २८:३७ बजेउप्रान्त मिथुन, सूर्योदय– ५:२५ बजे, सूर्यास्त– १८:५४ बजे र दिनमान ३३ घडी २ पला। व्रत/पर्व- द्विपुष्कर योग १६:४१ बजे प्रारम्भ,कामिका एकादशी व्रत।
भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ साउन १३, सोमबार, इ.स. २०१९ जुलाई २९,शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, वर्षा ऋतु, ने.सं. ११३९ दिल्लागा,श्रावण कृष्णपक्ष, द्वादशी, १४:०१ उप्रान्त त्रयोदशी, नक्षत्र– मृगशिरा, १६:२६ बजेउप्रान्त आर्द्रा, योग– व्याघात, २५:०७ बजेउप्रान्त हर्षण। करण– तैतिल, १४:०१ बजेदेखि गर, २५:२३ बजेउप्रान्त वणिज, आनन्दादिमा आनन्द योग, चन्द्रराशि– मिथुन, सूर्योदय– ५:२६ बजे, सूर्यास्त– १८:५३ बजे र दिनमान ३३ घडी ९ पला। सोम प्रदोष व्रत। सर्वार्थसिद्धि योग १६:२६ बजेसम्म।
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
खर्च गरेअनुरूप भविष्यका लागि जग बसाउने अवसर जुट्नेछ, कार्य व्यस्तताका कारण घरपरिवारमा खटपट हुन सक्छ,जसलाई निर्मूल गर्न घरपरिवारमा समय खर्चिनुपर्ने हुन्छ,ऋण नतिर्दा आर्थिक झन्झट आइलाग्न सक्छ,आजको शुभ अंक ८ रहेको छ।
वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मर्यादा पालन नगर्दा अफिसियल कार्यमा अवरोध सिर्जना हुनसक्छ, विगतका कमजोरीले दण्ड–जरिवानामा परिने सम्भावना छ, अपेक्षा अनुरूपको नतिजा प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ, विदेश यात्राको योग छ,आजको शुभ अंक ५ रहेको छ।
मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
सामानहरू छुट्ने/हराउने सम्भावना छ,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्ने भएकाले बढी अपेक्षा नगर्दा असन्तोषमा कमि सकिनेछ,आवश्यक सामग्री किनमेल गर्दा विशेष सावधानी अपनाउनु होला,आजको शुभ अंक १२ रहेको छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समस्या समाधान गर्न नयाँ रणनीति आवश्यक देखिन्छ,गोपनीयतामा ध्यान दिनुहोला,समस्याहरू धेरै आउनेछन्मा मानसिक तनाव उच्च विन्दुमा पुग्ने छ,गुमेको विश्वास फर्कने वातावरण पनि मिल्नेछ,आजको शुभ अंक ५ रहेको छ।
सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
झुटा आरोप पनि लाग्नेछन्,आफन्त बीच अविश्वास बढ्ला,खाइपाइ आएको सेवा–सुविधामा कटौति हुनसक्नेछ, सम्झनालायक कार्य सम्पन्न गर्न ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ, आजको शुभ अंक ८ रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सचेत रहनुहोला,व्यापारमा अवरोध आउने,मित्रता गाँस्नेहरूले सताउन सक्छ,प्रेमी–प्रेमिकाबीच देखापरेको धमिलो सम्बन्धलाई मन मिल्ने साथीले दोहोरो भूमिका निर्वाह गरी प्रणयसूत्रमा परिणत गरिदिने सम्भावना छ,आजको शुभ अंक १ रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
घरायसी व्यवहारबाट टाढै रहँदा करियर बनाउन सहज हुनेछ,पाएको जिम्वेवारी पुरागर्न पूर्णरूपमा सफल हुनुहोला, गोपनीयतामा ध्यान दिनुहोला,कुनै पनि काममा प्रतिस्पर्धा गर्दा राम्रो परिणाम हात पार्न सकिनेछ,आजको शुभ अंक १० रहेको छ ।
वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
सवारी साधन चलाउँदा संयमित रहनुहोला,मित्रहरूको आर्थिक सहयोग प्राप्त गर्न अझ केही समय कुर्नुपर्नेछ,झुटा आरोप लाग्ने योग भएकोले सबैकाममा आफैँले ध्यान दिनुहोला, भ्रमण एवं मनोरञ्जनका निम्ति समय निकाल्न धौ–धौ पर्नेछ,आजको शुभ अंक ६ रहेको छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
संयम एवं बोलीको मधुरताले बिग्रन लागेका कतिपय सम्बन्धलाई भरथेग गर्न सहयोग गर्नेछ,कूटनैतिक क्षेत्रमा ठूलो फड्को मार्ने अवसर मिल्नेछ,कसैको कुरामा नलागी एकचित्त भै लक्ष्यतर्फ लम्कन सकिनेछ,आजको शुभ अंक ११ रहेको छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नोकारीमा समस्या आउनेछ, स्थानान्तरण हुने,विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,सचेत रहनुहोस, स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ,आजको शुभ अंक ७ रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
भ्रमण,खानपान तथा फेसनमा धन खर्च हुने देखिन्छ,आलश्य पनि दूर हुनेछ,विश्वास दिलाउन सफलभई आफ्नो कार्य अघि बढान सकिनेछ, योजना कार्यान्वयनमा ढिलाइ गर्नाले आफैं पछि परिनेछ,आजको शुभ अंक ३ रहेको छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
पति–पत्नीबीच मतभेद र प्रेममा खटपट हुन सक्ने भएकोले संयम हुनुहोला,विश्वास गुम्ने सम्भावना छ,जोश र जाँगर बढ्ने आफ्नै प्रयासले नयाँ कामहरू प्राप्त हुनेछन्,बोलीको गलत अर्थ लाग्नाले वाद विवादमा परिएला,आजको शुभ अंक ९ रहेको छ।
गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)






