शालिकरामको आत्महत्याअघिको भिडियो ‘बाहिर ल्याउने’ श्रेष्ठ र कोइराला को हुन्
काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई आत्महत्याको दोषी भन्दै पत्रकार शालिकराम पुडासैनीले आत्महत्या अघि बनाएको भिडियो अहिले चर्चामा छ । अनुसन्धानको दायरामा रहेको भिडियो बाहिर आएकोबारे समेत अनेकन अड्कलवाजीहरु भइरहेको छ ।
अहिले त्यो भिडियो मिडियामा ल्याउन भूमिका खेलेको भन्दै पत्रकारहरु किशोर श्रेष्ठ र संकेत कोइराला चर्चामा छन् । यो भिडियो प्रहरीले चुहाएको हो या अन्य माध्यमले पत्रकारसम्म पुगेको भन्नेबारे अड्कलवाजी भइरहेको छ । पत्रकारले समाचारको स्रोत खुलाउँदैन र स्रोतको सुरक्षा र घटनाको संवेदनशीललाई दृष्टिगत गरेर स्रोतलाई गोप्य राख्छ ।
अहिले श्रेष्ठ र कोइरालाले यस्तै भूमिका निभाएका छन् । रवि लामिछाने पत्नी निकिता पौडेल दुवैजना पत्रकारविरुद्ध उजूरी गर्न प्रहरीसम्म पुगिसकेकी छिन् । यसले दुवै पत्रकारलाई चर्चामा पुर्याएको छ ।
तीन दशकभन्दा लामो समय पत्रकारिता गरिसकेका किशोर श्रेष्ठ खोजी र साहसी पत्रकारितामा दख्खल राख्छन् । जनआस्था साप्ताहिकका प्रधानसम्पादक समेत रहेका उनी प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष हुन् । धादिङ स्थायी घर भएका श्रेष्ठ समाचार छापेर विवादमा आइरहन्छन् । उनलाई निडर र हक्की पत्रकारका रुपमा चिनिन्छ ।
अर्का पत्रकार संकेत कोइराला नेपाल आज अनलाइन पत्रिकाका प्रधानसम्पादक हुन् । साँढे दुई दशक पत्रकारिताको अनुभव सँगालिसकेका कोइराला स्वच्छ छवि भएका पत्रकारमा गनिन्छन् । उनी स्तम्भ लेखमा समेत अब्बल छन् । कुनै समय विमोचन मासिकको सम्पादक भएर चर्चा बटुलेका कोइराला पछिल्लो पीढींका धेरै पत्रकारहरुका आदर्श गुरु समेत हुन् ।
भोजपुर स्थायी घर भएका कोइराला नेपालको नीतिनिर्माण तहमा पुगेका उच्च ओहदाका व्यक्तिहरुले सल्लाहका लागि बोलाइरहने थोरै पत्रकारमध्येका हुन् ।
श्रेष्ठ र कोइरालासँगै जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल पनि चर्चामा छन् । उनले भिडियो फुटेज दिएको आरोप लगाइएको छ । तर, यसको पुष्टि हुनसकेको छैन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
