ललितपुर । ११ कक्षामा किटिनी उच्च माध्यमिक विद्यालयमा भर्ना भएकी चलचित्र नायिका करिश्मा मानन्धर नियमित अध्ययनमा जान थालेकी छिन् । उनले विद्यालयको चौतारीमा बसेर तस्विर पनि खिचिन् । विद्यालयको पोशाकमा किशोरीहरुसँग तस्विर खिचाउँदा उनलाई चिन्न गार्हो देखिएको छ । उनलाई पनि १६ टेकेको जस्तो भएको छ ।
यसै वर्ष एसईईको अध्ययन पूरा गरेकी करिश्माले उच्च शिक्षा लिने धोको राखेकी छिन् । राजनीतिमा समेत लागेकी उनले अध्ययनलाई जोड दिने तयारी गरेकी छिन् । किटिनी उच्च माविमा उनको आगमनको सूचनासँगै विद्यार्थीहरु उत्साही भएका छन् ।कलेज ५० वर्षभन्दा पुरानो स्कुलको स्तरोन्नति गरेर स्थापना गरिएको हो । उक्त विद्यालय अन्र्तगत स्तानकसम्म अध्यापन गराउने कलेज पनि छ ।






