Jankari Kendra
१२ भाद्र २०८३, शुक्रबार
Worldlink

स्याङ्जामा जीप दुर्घटना: ३ जनाको मृत्यु, २३ घाइते

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, भाद्र, १८
स्याङ्जामा जीप दुर्घटना: ३ जनाको मृत्यु, २३ घाइते

भदौ १८, स्याङ्जा | स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुने दुई जनाको शनाखत हुन सकेको छैन भने एक जना दुई वर्षीया बालिका कञ्चन परियार छन्। पाल्पाको हुँगीबाट गल्याङ जाँदै गरेको लु १ ज ३८४१ नम्बरको जीप दुर्घटना भएको हो।

जीपमा २३ यात्रु सवार थिए। घाइते १४ जनाको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा र ५ जनाको तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ। सामान्य घाइते एकको स्याङ्जास्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए।

‘चालकका भाई सुदिप दर्जीले जीप चलाएका कारण दुर्घटना भएको पाइयो’ उनले भने, ‘क्षमता भन्दा बढी मान्छे राख्दा जीप अनियन्त्रित भई ४ सय मिटर तल खसेको हो।’

Top Changing Nepal

युट्युब सट्स