• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी
  • ६ घण्टा 

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा 

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ७ घण्टा 

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १८ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • १९ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • २१ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • २२ घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • २२ घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • १ दिन 

लोकप्रिय समाचार

  • १. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • २. २०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. सलमान खान ५२ बर्ष पछि समुन्द्र किनारको नयाँ घरमा सर्दै

  • ५. नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

  • ६. हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. विश्वकपको दावेदार नेदरल्याण्ड पेनाल्टीमा पराजित, मोरोक्को अन्तिम १६ मा प्रवेश

  • ९. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

  • १०. यस्तो छ आजको मौसम पुर्वानुमान भारी बर्षा हुन सक्ने

विप्लवका छोरा एक्शनमा, मेडिकल कलेज ठप्प

admin २०७६, भाद्र, १९

चितवन, १९ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द ठकुरी मेडिकल कलेजको मनोमानी अन्त्य गर्ने भन्दै संघर्षका कार्यक्रमसहित आन्दोलनमा होमिएका छन् । उनको नेतृत्वमा संघर्ष समिति समेत बनेको छ । उनकै निर्देशनमा चितवन मेडिकल कलेजका आन्दोलित विद्यार्थीले मेडिकल कलेजको शैक्षिक तथा प्रशासनिक शाखामा हिजो (बुधबार) ताला लगाएका छन् ।

सीएमसीले अतिरिक्त शुल्क असुलेको विरोधमा आन्दोलित बनेको चिकित्सा शिक्षा संघर्ष समितिले सीएमसीको कैलाशनगर र अस्पतालको क्लिनिक ब्लकमा तालाबन्दी गरेको थियो। त्यस्तै, अतिरिक्त शुल्क र उचित पारिश्रमिकको माग पूरा नभएसम्म ताला नखोल्ने पनि समितिले जनाएको छ ।

संघर्ष समितिले लामो समयदेखि चर्को शुल्क असुलेको भन्दै पटक-पटक आन्दोलन गरे पनि यस पटकको आन्दोलन निष्कर्षमा पुग्ने गरी जारी राखिएको संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताए । प्रकाश नेत्र विक्रम चन्द विप्लवका छोरा हुन् । उनले सीएमसी मै एमबीबीएस अध्ययन गरेर इन्टर्नसिप गरिरहेका छन् ।

सीएमसीमा अध्यनरत एमबीबीएस, बीडीएस, बीएमएलटी र नर्सिङ संकायमा अध्ययन गर्ने विद्यार्थीहरुले प्रति विद्यार्थी लाखौं रुपैयाँ कलेजले असुल गरिरहेको बताउँदै आएका छन् । आईओएमले उपत्यकामा ४२ लाख र उपत्यका बाहिर साढे ४४ लाख शुल्क लिनुपर्ने प्रवधान गरे पनि अधिकांश मेडिकल कलेजहरुले अवैध शुल्क लिने गरेका छन् । अवैध शुल्कको विरोधमा विद्यार्थीहरुले पटक पटक आवाज उठाए पनि सुनुवाइ नभएको विद्यार्थी विवेक क्षेत्रीले बताए ।

संघर्ष समितिले केही दिनअघि मात्रै रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर देशव्यापीरुपमा प्रदर्शन गर्ने गरी अभियान अघि बढाएको छ । यस्तै चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक हरिशचन्द्र न्यौपानेले देशभरको मेडिकल कलेजको समस्या एउटै भएकाले चितवन मेडिकल कलेजलाई मात्र केन्द्रित गरेर आन्दोलन गर्नुको अर्थ नरहेको प्रतिक्रिया दिएका छन् ।

न्यौपानले विद्यार्थीलाई दबाबमा राखेर आन्दोलनमा सहभागी गराइएको पनि दाबी गर्दै आएका छन्। तर, यो आरोपमा कुनै सत्यता नरहेको डा. प्रकाश चन्द ठकुरीले जनाएका छन् । उनकाअनुसार संघर्ष समितिले उठाएका जायज माग सम्बोधन नभएसम्म आन्दोलन रोकिने छैन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी
देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

ताजा

साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

२०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.