६ महिना तक्मे बुढाले विवाह लुकाए
हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘तक्मे बुढा’को भूमिका निर्वाह गर्ने विल्सन विक्रम राई वैवाहिक जीवनमा बाधिएका छन् । उनले झापाकी सरिना लामासँग गतबर्षको फाल्गुनको अन्त्यमा मागी बिबाह गरेका हुन् ।
त्यो समयमा विल्सनको बिहेको तस्वीर फाट्टफुट्ट सार्वजनिक भएतापनि प्रायले सुटिङको फोटो सम्झेका थिए । दुलहीको पक्षले विभिन्न कारण तस्वीर सार्वजनिक गर्न नचाहेको कारण लुकाएको जस्तो भएको विल्सनले जनाएका छन् । सरिना विल्सनको स्कुलदेखिकी प्रेमिका हुन् ।
फाल्गुनमा इन्गेजमेन्ट गरेर बिहे भने भव्य गर्ने योजनामा रहेका विल्सनले सरिनाको ‘लामा परम्परा’ अनुसार तत्काल बिहे गर्नुपर्ने भएकाले सानो बिहे गरेको जनाएका छन् । सरिना ‘भुटानी शरणार्थी’ सम्बन्धी युएनको प्रोजेक्ट बन्द भएपछि विल्सनको घर सम्हालेर बसेकी छिन् ।
विल्सन र सरिना हनिमुनका लागि अष्ट्रेलिया पुगेका थिए । सरिनाको मिडियासँग लजाउने बानीको कारण उनी मिडियामा आएकी छैनन् । बिहेपछि जीन्दगी बदलिएको विल्सनले जनाएका छन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बिटुमिन र असफाल्टबाट सडक निर्माणमा रोक लगाउने सरकारको निर्णय
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
