Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

मलेसिया रोजगारी खुलाउन बसेको आजको वार्ता सकियो, भोलि पुनः बैठक बस्ने (अपडेट)

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७६, भाद्र, २४
मलेसिया रोजगारी खुलाउन बसेको आजको वार्ता सकियो, भोलि पुनः बैठक बस्ने (अपडेट)

मनोज पराजुली । भदौ २४, क्वालालम्पुर । नेपाल र मलेसिया विच श्रम समझदारी अनुरुप बाँकि रहेका विषय टुंगो लगाउन दुई देश बिचको प्रविधिक कमिटिको बैठक सकिएको छ । मलेसिया स्थित पुत्राजयमा मंगलबारबाट शुरु भएको बैठक भोलि बिहान ९ बजे पुनः बस्ने गरि सकिएको मलेसियाका लागि नेपाली राजदुत उदयराज पाण्डेले जानकारी दिए ।

दुई  देश बीचका प्रतिनिधि सहभागी भएको बैठकबाट मलेसियाको रोजगारीको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

मलेसियन उच्च अधिकारी सहित नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिसहितको टोलि वार्तामा बसेको हो ।

मापदण्ड पुगेका सबै स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने माग नेपालले गर्दै आएको छ । समझदारी अनुरुप मलेसियाले नेपाल सरकारलाई मेडिकल संस्था छनौटको लागि मापदण्ड पठाएको थियो । सोही अनुरुप नेपालले १२२ संस्थाको नामावली मलेसिया पठाएको थियो । तर मलेसियाले यसअघि कामदारको स्वास्थ्य परिक्षण गर्दै आएका ३६ वटा संस्थाबाट काम शुरु गर्ने र अन्य संस्थालाई वार्षिक कार्यतालिका अनुरुप अनुगम गरि थप गर्दै जाने भन्दै नेपाललाई पत्र पठाएको छ । हाल वार्ताको प्रमुख एजेन्डा नै यहि विषय बनेको छ ।

स्वास्थ्य संस्था थप्ने सहमती भएमा विगत १५ महिनादेखी रोकिएको मलेसियाको रोजगारी खुल्ने अपेक्षा गरिएको छ । गत वर्ष कार्त्तिक १२ गते नेपाल र मलेसिया विच श्रम समझदारी पस्चात कामदारको लागत खर्च रोजगारदाता कम्पनीले व्यहोर्ने सहमती भएको थियो तर श्रम मन्त्री गोकर्ण विष्टले स्वास्थ्य संस्थाको सिन्डिकेट पनि अन्त्य हुनुपर्ने अडान लिँदै आएका छन् ।

Top Changing Nepal

युट्युब सट्स