वाईडबडी भ्रष्टाचार प्रकरणमा सुगतरत्न कंशकारबाट छानबिन सुरु गर्नुपर्छ : दीपेन्द्र कँडेल
काठमाडौं, २७ भदौ । पब्लिक ईनोभेटर ईन्जिनियर दीपेन्द्र कँडेलले वाईडबडी खरिद प्रकरणमा भएको घोटालामा नेपाल वायु सेवा निगमका तत्कालिन् महाप्रबन्धक सुगतरत्न कंशकारबाट छानबिन सुरु गर्नुपर्ने माग गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कँडेलले यस्तो बताएका हुन् । आफूसँग उपलब्धक भएका डकुमेन्ट अनुसार नेपाल बाहिरका दिपक शर्मा (ए.आर. कर्पोरेशन) र कंशकारबीच भएको सम्झौताको आधारमा कंशकारको नाम लिन बाध्य भएको पनि उनले खुलासा गरेका छन् ।
त्यस्तै, उनले यो प्रकरणमा नेपाल सरकारलाई फेल गराउने तवरले संसदीय छानबिन समितिले प्रतिवेदन ल्याएको आरोप लगाए । उनले भने,‘मैले त आजकै डेडलाईन दिएको थिएँ, भदौ २७ गते । तर, मैले दिएको डेडलाईनभन्दा चार दिन अघि नै भ्रष्टाचार भएको छैन भनेर संसदीय छानबिन समितिको प्रतिवेदन निकालिनुले प्रशासनभित्रको मिलोमतोमा सरकारलाई फेल गराउने षड्यन्त्र भएको छ ।’
उनले उक्त प्रकरणमा छानबिनका लागि आफू वर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईलाई सहयोग गर्नपनि तयार रहेको सुनाए । उनले भने,‘यदि राजनीतिक प्रेसरबाट छानबिन प्रभाव पार्ने काम भयो भनेपनि मन्त्रीज्यू, तपाई नडराउनुहोस । यो प्रकरणमा छानबिनको लागि तपाई अघि बढ्नुहोस, जनताले तपाईलाई प्रधानमन्त्री बनाउँछन् ।’
उनले यो प्रकरणमा सत्य, तथ्य बाहिर ल्याउनको लागि पनि छानबिनको सुरुवात योगेश भट्टराई आफैंले गर्नुपर्ने सुझाए । उनले यो प्रकरणमा भ्रष्टाचारको भएको फिगर रकम चार अर्बमात्रै नभएर आफ्नो प्रारम्भिक अनुमानमा १८ अर्ब पुगेको पनि उनको दाबी छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
