• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१८ असार २०८३, बिहीबार
१८ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान
  • १६ घण्टा 

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्
  • १७ घण्टा 

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण
  • १९ घण्टा 

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
  • २० घण्टा 

जुनमा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आए
  • २० घण्टा 

फ्लप तेलुगु चलचित्रले रच्यो इतिहास, युट्युवमा १ अर्ब भ्युज पाउने बन्यो विश्वको पहिलो चलचित्र
  • २२ घण्टा 

एप्पलले पहिलो पटक फोल्डेबल आईफोन बजारमा ल्याउँदै
  • २३ घण्टा 

मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
  • २४ घण्टा 

एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सांग्रिला डेभलपमेन्ट बैंकको १५ हजार बढी संस्थापक सेयर बिक्रीमा

  • २. नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

  • ३. एल निनोको प्रभाव र बढ्दो तापक्रमको सामना गर्न सिजी ब्रान्डका उच्च कार्यक्षमताका एयर कुलरहरू बजारमा उपलब्ध

  • ४. आज यी स्थानमा भारी वर्षाको सम्भावना

  • ५. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ६. इन्धन सस्तिएसँगै सार्वजनिक यातायातको भाडा घटाउने तयारी

  • ७. २०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. धनगढीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

  • ९. मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

  • १०. महाराजगञ्जमा दिपलको नयाँ शोरुम उद्घाटन, काठमाडौंमा बजार उपस्थिति थप मजबुत

राष्ट्रपति पुत्रको प्रेम प्रस्ताव लत्याउने यी जिम्न्यास्टिक स्टार

admin २०७६, भाद्र, ३०

विश्वकै सर्वाधिक लोकप्रीय रोमानियाली जिम्न्यास्टिक खेलाडी नादिया कोमानेसीलाई निकु चोसेस्कोले औधी मन पराए । प्रेम प्रस्ताव राखे । नादियाले अस्वीकार गरिन् । पद र प्रतिष्ठाको लालचा देखाए । विवाहका लागि हरतरहको प्रया गरे । नादिया मानिनन् ।प्रेम र विवाह जर्बजस्ती हुनसक्दैन । निकुको पद, प्रतिष्ठा र पैसाले सच्चा प्रेमको दरबार बनाउन सकेन । रोमानियाका कम्युनिष्ट शासकका प्रीय छोरा थिए निकु । शक्ति केन्द्रमा रहेका निकुले नादियाले सहजै प्रेम प्रस्ताव स्वीकार गर्ने अपेक्षा गरेका थिए । परिस्थिति उनको सोचभन्दा भिन्न भयो । नादियाले निकुको प्रस्तावलाई ठाडै अस्वीकार गरिदिएपछि आक्रोशित भए ।

मन परेको स्त्री प्राप्त गरिछाड्ने स्वभावका निकु नादियाको प्रेम प्रस्ताव अस्वीकृतिले तनावमा परे । नशा नशामा राजहठ बग्ने गरेको उनी चुप लागेनन् । नादियालाई आफ्नो बनाई छाड्ने उद्देश्यका साथ लागिपरे । स्त्रीहठ त्याग्ने वाध्यात्मक अवस्था सृजना गर्न रणनीतिहरू चाले । केही सीप लागेन । नादिया टसमस भइनन् । निकुलाई घृणा गर्न थालिन् ।

रोमानियाका कम्युनिष्ट तानाशाह निकोलाई चोसेस्कोका छोरा निकु चोसेस्कोलाई नादियाले प्रेम प्रस्ताव अस्वीकार गर्नुलाई प्रतिष्ठाको विषय बनाए । त्यसमाथि उनी नादियाको प्रेममा पागल थिए । आकर्षक शरीर, उज्यालो मुहार अनि विशिष्ट खेलाडीको पहिचान बनाएकी नादियाको लागि प्रेमपागल बन्ने धेरै थिए । लाखौं मनपराउनेमध्ये निकु पनि एक थिए । निकु कुनैपनि हालतमा नादियालाई आफ्नो बनाउने प्रयासमा लागे । अस्वीकृती जनाएपनि जर्बजस्ती आफ्नो बनाउने रणनीति बुने । प्रेम पाउने नाममा शक्तिको तुजुक प्रदर्शन गरे । नादिया निकुलाई मन पराउँदैनथिइन् । शासक बन्ने लालसाले तानेन । निकुको प्रेमिका वा पत्नी भएर ऐस गर्नुभन्दा कठोर जीवन बाँच्ने निष्कर्षमा पुगिन् । ठाडै नकारिदिइन् ।

निकुको एकोहोरो प्रेमले खतरनाक परिस्थिति जन्मायो । राज्यले नादियालाई दिदै आएको सुविधा रोक्न आदेश दिए । राज्य शक्तिको दुरुपयोग गरे । नादिया आफ्नो शरणमा आउन् भन्ने हेतुले रणनीति चालेका थिए । दृढ र निडर नादिया पछि हटिनन् । मानसिक तनाव दिइरहे । नादियालाई साथी बनाउन दिएनन् । उनको प्रेमी बन्न धेरै रोमानियाली आतुर थिए तर निकुको डरले अघि सर्न सकेनन् । आफूमाथि एकतर्फी प्रेमका नाममा समस्या खडा गर्न खोज्ने शासक पुत्रबाट वाक्क दिक्क भएर नादिया अमेरिका पसिन् । तानाशाह पिताको छोराबाट त्यसै दिनबाट मुक्ती पाइन् । रोमानियामा जन्मे हुर्केकी महान् जिम्न्याष्ट् नादिया कोमानेसीका लागि सुन्दरता आफ्नै लागि घातक बन्यो । मातृभूमीमा टिक्न बस्न सकिनन् । रोमानिया छाडिन् ।

नादियाको सुन्दर र क्षमतावान् व्यक्तित्व जो कसैलाई मोहित पार्न सक्थ्यो । निकु प्रेममा पागल हुनुमा उनको रुप प्रमुख कारण थियो । उनी सुशील र प्रभावशाली थिइन् । नादियालाई कुनै हालतमा आफ्नो बनाउने हठ पालेकाले साम, दाम, दण्ड भेद सबै रचे । त्यस्तो रणनीतिलाई नादियाको मन पगाल्न सकेन । उल्टो घृणा जगायो । २० औं शताब्दीको अन्तसम्म जिम्न्यास्टिकबाट विश्वलाई चकित पार्ने नादिया आजकल प्रशिक्षक छिन् । खेलमै समर्पित भई आनन्दको जीवन बिताइरहेकी छिन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

ताजा

नेपालमा ल्यान्ड क्रुजरको दबदबा : अफ-रोड क्षमता, विश्सनीयता र प्रतिष्ठाको बलियो पहिचान

मेटाले बनायो नबोले पनि मष्तिष्कमा खेलिरहेको बुझ्ने मेसिन्

नेपाली उपभोक्तालाई लक्षित एलजीको ‘इसेनसियल सिरिज’ सार्वजनिक, घरपरिवारका आवश्यकताअनुसार नयाँ घरेलु उपकरण

चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.