अबैध सम्बन्ध कै कारण श्रीमानको हत्या ।
रबिन्द्र यादव / नवलपरासी पश्चिम ५ असोज नवलपरासी पश्चिममा श्रीमतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । नवलपरासी पश्चिम रामग्राम नगरपालिका –३, घोडापाली आदर्शटोलमा बस्ने ४१ वर्षीय तारा भन्ने रविन्द्र प्रसाद पाण्डेलाई उनको श्रीमतीले हत्या गरेकी छन् । जिल्ला प्रहरी कार्यालय पश्चिमका प्रवक्ता बीरेन्द्र थापाका अनुसार श्रीमती सरस्वती पोख्रेल ( पाण्डे) ले अन्य परपुरुषसँग असामाजिक सम्बन्ध कायम गरेको र सोही व्यक्तिसँगको मिलेमतोमा आफ्नो श्रिमानको हत्या गरेका हुन् ।
भदौ १८ गतेदेखी मृतक रविन्द्र प्रसाद पाण्डे सम्पर्क बिहीन रहेको र खोजी गर्दै जादा आज वडा नम्बर ३ कै घोडपाली आदर्शटोल स्थित हरिसुशील आधारभुत विद्यालयको सेफ्टी ट्याङ्कीमा शव सडिसकेको अवस्थामा फेला परेका उहाँले बताउनुभयो ।
श्रीमानको हत्या गर्ने श्रीमती सरस्वती पोख्रेललाई पक्राउ गरी हत्यामा संलग्न उनीसँगै असामाजिक संबन्धमा रहेका पुरुषलाई पनि पक्राउ गरिसकिएको छ । तर वहाको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


