गाईको तस्वीर राखेकोमा प्रमुख पशु विकास अधिकृत डा. सिंहद्धारा क्षमा याचना
काठमाडौं, ७ असोज । राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशालाले पशु पन्छीजन्य उत्पादनहरु दूध, मासु, अण्डा आदिको उत्पादन, प्रशोधन तथा उपभोगलाई गुणस्तरीय बनाउने उद्देश्यले प्रचार प्रसारका लागि राखिएका पोष्टरहरुमध्ये एउटा पोष्टरमा छपाई त्रुटिका कारणले गाईको तस्वीर भुलवश अन्यत्र पर्न गएकोमा क्षमा माग्दै सच्याएको जनाएको छ ।
विश्व हिन्दू महासंघ तथा विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले संयुक्त रुपमा बुझाएको ज्ञापनपत्र बुझ्दै प्रमुख पशु विकास अधिकृत डा. नम्रता सिंहले यस्तो क्षमा याचना गरेकी हुन् । विश्व हिन्दू महासंघ नेपालका कार्यवाहक अध्यक्ष भरतराज पीडित, विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापा, विश्व हिन्दू महासंघ नेपालका उपाध्यक्षद्धय दिनेशकुमार सिजापति, प्रविण घिमिरे, सचिव उमेश शिवाकोटी, विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका महासचिव रोशनजंग बस्नेत, शिव सेना नेपालका सह–अध्यक्ष दिनेश कँडेल, वीर गोरखालीका सन्तोष राजावादी र विश्व हिन्दू महासंघ पूनर्जागरण अभियानकी अभियन्ताद्धय सिर्जना वाग्ले र रघु न्यौपानेले प्रमुख पशु विकास अधिकृत डा. नम्रता सिंहलाई ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्र बुझ्दै सिंहले सरकारको जिम्मेवार निकायले पर्याप्त ध्यान नदिनु कमजोरी भएको स्विकारिन् । उनले भनिन्,‘यस सम्बन्धमा नेपाल सरकार पशु पन्छी विकास मन्त्रालयका सचिवले समेत मलाई स्पष्टीकरण माग गर्नुभएको थियो । म पनि हिन्दू हुँ । गाई हाम्रो राष्ट्रिय जनावर हो । यो, म बाट भएको नियतवशको त्रुटि होईन् । अब आईन्दा यस्तो घट्ना हुँदैन् ।’
उनले आफ्नो कार्यालयका जोसुकै कर्मचारीबाट यस्तो गल्ती भएको भएपनि कारबाही गरेरै छोड्ने विश्वास दिलाईन् ।डां सिंहको नाममा विश्व हिन्दू महासंघ तथा विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिको नाममा भूलसुधार सम्बन्धमा जारी गरिएको पत्रमा भनिएको छ,‘आफ्नो कार्यालयको बा २ झ ३८११ नं को मोवाईल भ्यानमा पशु पन्छीजन्य उत्पादनहरु दूध, मासु, अण्डा आदिको उत्पादन, प्रशोधन तथा उपभोगलाई गुणस्तरीय बनाउने उद्देश्यले प्रचार प्रसारका लागि राखिएका पोष्टरहरुमध्ये एउटा पोष्टरमा छपाई त्रुटिका कारणले गाईको तस्वीर भुलवश अन्यत्र पर्न गएकोमा विश्व हिन्दू महासंघले उठाउनु भएको गुनासोप्रति यस कार्यालयको गम्भिर ध्यानाकार्षण भएको छ । हाल उक्त त्रुटिलाई सच्याई सकिएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउँदै प्राविधिक कारणले हुन गएको उक्त त्रुटिप्रति यस कार्यालय हार्दिक क्षमा याचना गर्दछ ।’
सम्बन्धित समाचार
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा



