टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले अमेरीकालाइ हराउदै विजयी सुरूवात
आईसीसी टी-२० विश्वकप छनोट क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको हो ।
अमेरिकाले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले अन्तिम २ बल खेल्नु अघि ४ विकेट गुमाएर भेट्टायो । नेपालले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर सागर पुन व्यक्तिगत चार रनमा आउट भए, जतिबेला नेपालको स्कोर ६ रन थियो । अर्का ओपनर अनिल मण्डल र उपकप्तान ज्ञानेन्द्र मल्लले ७८ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई जित दिलाए। मण्डलले ४२ र मल्लले ५२ रन बनाए। बिनोद भण्डारीले ८ बलमा ७ रन बनाए।
कप्तान पारस खड्काले अभिजित २१ र शरद भेष्वाकरले अभिजित २ रन बनाए। पारसले १७ बलमा २ चौका प्रहार गरे।
अमेरिकाका जगदिप सिंहले २ र करन गणेश र हम्मद सहिदले १-१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदा १२१रन बनाएको थियो।
अमेरिकालाई सस्तैमा समेट्ने क्रममा शक्ति गौचनले प्रभावशाली बलिङ गर्दै ४ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिए। बसन्त रेग्मीले पनि समान ३ विकेट लिए। उनले ४ ओभरमा २४ रन खर्चिए। सोमपाल कामीले ४ ओभरमा २२ रन खर्चिँदै २ विकेट लिए। सागर पुनले १ विकेट लिए।
करन केसीले मंहगो बलिङ गर्दै २ ओभरमा २७ रन खर्चिए।
अमेरिकाका अकिम डडसनले सर्वाधिक ३९ रन बनाए। फहद बाबरले २३, करन गणेशले १५ र अदिल भट्टीले १४ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन्।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
