महिलामाथि जर्बजस्तीको आरोप लागेपछि सभामुख महराले दिए राजीनामा
काठमाडौँ ,१४ असोज । महिलामाथि जर्बजस्तीको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनीमाथि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रबाट दबाब बढेपछि राजीनामा दिएका हुन् ।
रिपोर्टर्स नेपालसँग कुरा गर्दै महराले घटनाको निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको बताए । उनले भने, ‘ममाथि झुटो आरोप लगाइएको छ यसको निष्पक्ष छानविन होस् भनेर राजीनामा दिएको हुँ ।’
रिपोर्टर्स नेपाललाई प्राप्त सूचना अनुसार नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले महरालाई राजीनामा दिन सुझाव दिएका थिए । ओली र प्रचण्डले सभामुख मुछिएको घटनाले सरकार र नेकपाको समेत बदनामी हुनसक्ने भन्दै राजीनामा दिन सुझाव दिएका हुन् ।
प्रधानमन्त्री ओली निकट एक नेताका अनुसार सभामुख महरालाई राजीनामा दिएर घटनाको निष्पक्ष छानविनका लागि मार्ग खोलिदिन भनिएको थियो । प्रचण्ड निकटस्थ एक नेताले पनि महरालाई राजीनामा दिन सुझाव दिइएको बताए । महराले नेकपाका शिर्ष नेताहरुलाई सम्पर्क गरी आफूलाई फसाउन खोजिएको बताएका थिए । तर, अध्यक्षहरु ओली र प्रचण्डले घटना संवेदनशील भएको र सरकार र पार्टीलाई बदनाम गर्न खोज्नेहरु सक्रिय हुनसक्ने भन्दै राजीनामाका लागि सुझाव दिएका थिए ।
तीनकुनेस्थित एक महिलाको डेरामा पुगेर उनले जर्बजस्ती गरेको खबर बाहिर आएपछि सभामुख समस्यामा परेका थिए । उनले जर्बजस्ती नभएको दाबी गरेर प्रेस विज्ञप्ति निकाल्न लगाएका थिए । यसमा कुनै कठपुतली प्रयोग गरी फसाउन खोजेको उल्लेख गरेका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
