महरामाथि बलात्कारको आरोप लगाउने महिलाले बोली फेरिन् : उहाँमाथि लागेका आरोपमा कुनै सत्यता छैन्’
काठमाडौं, । निवर्तमान सभामुख कृष्ण बहादुर महराबाट आफू बलात्कृत भएको भनेर आरोप लगाउने रोशनी शाहीले आरोप लगाएको भोलिपल्टै आज आफ्नो बोली फेरेकी छिन् । उनले महरा आफ्नो बुवासरहको मानिस भएको बताउँदै रिसको झोंकमा आफूले हिजो (सोमबार) लगाएका सबै आरोप गलत भएको बताएकी छिन् ।
नागरिकखबर डटकमलाई दिएको एक अन्तर्वार्तामा उनले भनेकी छिन्,‘उहाँ (महरा) मेरो बाउ समानको मान्छे हो । उहाँमाथि लागेको आरोपमा कुनै सत्यता छैन । मैले रिस उठेको बेलामा के के भने यी सब निराधार हुन् । त्यसमा कोही पनि भ्रममा नपर्नु होला, मैले रिस उठ्दा भनेका के के कुरालाई पत्रकारले बंगाएर लेखिदिएछन् ।’
उनले महराले कर्मचारी समायोजनमा चाहेको ठाउँमा नभएको नआत्तिन भनेर फोन गरेको पनि उक्त अन्तर्वार्तामा प्रष्ट पारेकी छिन् । उनले थपे भनेकीछिन्,‘पछिल्लो समय मलाई कर्मचारी समायोजनमा नमिलेपछि बेस्सरी रिस उठिरहेको थियो । त्यसै झोंकमा मैले के के भने ती सबै गलत हुन्। तर, उनले आफूलाई महराले फोन गरेको भने स्विकार गरेकी छिन् । शाहीले आफूले विगत आठवर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेको पनि उक्त ईन्टरभ्यूमा बताएकी छिन् । उनले भनेकी छिन्,‘म आठ वर्षदेखि डिप्रेसनमा छु । आमाको निधनपछि डिप्रेसनमा छु । नियमति औषधि सेवन गरिरहेको छु ।’
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

