रोशनी शाही जेल जाने !
काठमाडौं, १५ असोज । रोशनी शाहीले किटानी जाहेरी दिएको भए निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ पर्थे । किटानी जाहेरी आएमा पक्राउ गर्ने भनाई नेपाल प्रहरीबाट आइसकेको थियो । तर, रोशीनले किटानी जाहेरी दिइनन् ।आफूमाथि जर्बजस्ती भएको दाबीसहित मिडियामा भनाई बाहिर ल्याइन् । तर, कानुनले मिडियामा दिएको बयानलाई मुख्य प्रमाण मान्दैन । घटनाको प्रकृति र घटनास्थलको प्रमाणलाई मुख्य मान्छ । त्यसबाहेक जर्बजस्ती भएको हो होइन फोरेन्सिक जाँच हुन्छ ।
रोशनीले किटानी जाहेरी नदिएपछि अनुसन्धानका कतिपय विषय रोकिएका छन् । आफैले आरोप लगाएको विषयलाई एकै रातमा बयान बदलेर रोशनी असामान्य ढंगले प्रस्तुत भइरहेकी छिन् । उनले आफू डिप्रेसनको रोगी भनिन् । यसो हो भने उनी किन संसदको कर्मचारी भएर बसिन् ?मंगलबार साँझबाट उनले फेसबुकमा लगातार महराको पक्षमा पोष्ट गरिरहेकी छिन् । उनीविरुद्ध जाने जो कोहीमाथि नकारात्मक टिप्पणी गरिरहेकी छिन् ।
यदि रोशनी शाहीले महरालाई आरोप लगाएको हो भने यो घटनामा उनी दोषी छिन् । महराको चरित्रहत्या भएको छ । यदि रोशनीले झूटको खेती गरेकी हुन् भने महराको पदसमेत जानेगरी चरित्रहत्या गर्ने रोशनीमाथि कानुनबमोजिम कारबाही हुनुपर्छ । कानुनले कसैमाथि झुटो विषय पेश गरेर चरित्रहत्या गर्ने या संवेदनशील जर्बजस्तीको आरोप लगाउनेलाई कारबाहीको व्यवस्था गरेको छ ।
रोशनी किन रातारात बयान फेर्दै जसका विरुद्ध उभिइन् उसैको पक्षमा लागिन् भन्ने गम्भीर विषय बनेको छ । यसले नेपालमा उच्च तहबाट पहुँच र प्रभावका भरमा घटनालाई छोप्ने या मोड्ने गतिविधि भइरहेको त छैन ? गम्भीर प्रश्न उठेको छ । तस्बिरः सामाजिक सञ्जाल
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
