अन्ततः महरा लाइ यस्तो कारबाही !
काठमाडौं, १८ असोज । संघीय संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि जबरजस्ती करणको आरोपमा मुछिएपछि सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कडा कारबाही गर्ने भएको छ ।
महराले पदीय हैसियत भुलेर नैतिक पतनको बाटो समातेकोमा नेकपाका शीर्ष नेताहरु उनीविरुद्ध रुष्ट छन् ।नेकपा सचिवालय बैठकले उक्त प्रकरण मिडियामा आएसँगै आकस्मिक बैठक डाकेर तत्काल सभामुख र सांसद पदबाट राजीनामा दिलाउन सुझाएको थियो ।
तर, महराले गोलमोटल भाषा प्रयोग गरेर सभामुखबाट मात्रै राजीनामा दिएका थिए । उनको राजीनामा पत्रमा आफूले छानबिन प्रक्रियासम्मको लागि मात्रै राजीनामा दिएको भाषा प्रयोग गरेका थिए । पछि, पार्टीभित्रैबाट चौतर्फी विरोध भएपछि उनले सुटुक्क दोस्रो राजीनामा बुझाएका थिए ।
पार्टीले दिएको निर्देशन पालना नगरेको र अटेरी गरेर बसेको भन्दै नेकपाले महरालाई अुनशासनको कारबाही गर्ने भएको छ । महराले सरकारी सुविधा भने फिर्ता गरिसकेका छन् । अहिले उनी सभामुखको सरकारी निवासमै बसेपनि भाडाको घर खोजिरहेका छन् । तर, भनेजस्तो घर भेटाएका छैनन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

