पूर्व राजा ज्ञानेन्द्र शाहको आयो यस्तो सन्देश (सन्देशसहित) “भुसको आगो जस्तै …”
काठमाडौं, १८ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा विद्रोहको भुसको आगो भित्र भित्रै सल्कँदै गएको अवस्था बनेको बताएका छन् । बडादशैंका अवसरमा सन्देश दिदै उनले राष्ट्रियता धर्मराएको भन्दै चिन्ता समेत व्यक्त गरेका छन् । नवदुर्गा भवानीलाई सम्झदै देशमा सबै आसुरी र स्वार्थी व्यवहारको विनाश गरी सनातनिक सत्य पथतर्फ अभिप्रेरित गरुन् भनी कामना समेत गरेका छन् ।‘राष्ट्रियता धर्मराएको, शान्ति र अमनचैन हराएको र फेरि पनि विद्रोहको भुसको आगो भित्रभित्रै सल्कँदै गएको अवस्थाले कसैको हित हुँदैन,’ पूर्व राजाले सन्देशमा भनेका छन् ।
उनले प्रतिकार, प्रतिवाद, दमन र नियन्त्रणको कार्यविधि बढेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।देशमा निषेध र विभेदको प्रकृयाप्रति पूर्व राजाले चासो देखाएका छन् । सन्देशमा भनेका छन्, ‘एकले अर्कामाथि दोष थोपर्ने, जिम्मेवारी पन्छ्यौने र आ आफ्नो कमि कमजोरीलाई ढाकछोप गरी, निषेध र विभेदको प्रकृया अपनाउने प्रवृत्ति कुनै पनि अर्थमा राम्रो होइन ।
राजनीतिक दलहरुतर्फ संकेत गर्दै पूर्व राजाले पूर्खाको गाथा, पौरख र सुसंस्कृत सभ्यतालाई भुलेर जान खोज्दा कदापि भलो नहुने उल्लेख गरेका छन् । उनले सन्देशमा लेखेका छन्, ‘नेपाल हाम्रो हो, हामी नेपाली हौं र नेपालको आफ्नो मौलिकपन नै हाम्रो अस्तित्व हो भन्ने कुरा हामीले बुझ्नै पर्ने हुन्छ ।’पूर्व राजाले नवदुर्गा भवानीलाई सम्झँदै कडा शब्दमा लेखेका छन्, ‘श्री नवदुर्गा भवानीले हाम्रा सबै आसुरी र स्वार्थी व्यवहारको विनाश गरी हामीलाई हाम्रो सनातनिक सत्य पथतर्फ अभिप्रेरित गरुन् ।’

सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
