टी २० क्रिकेट सिरीजमा नेदरल्याण्ड्समाथि नेपालको ऐतिहासिक जित
ओमान । पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजमा नेपालले नेदरल्याण्ड्समाथि ऐतिहासिक जित निकालेको छ । टी २० क्रिकेटमा नेदरल्याण्डविरुद्ध पहिलो जित निकाल्ने क्रममा नेपालले चार विकेटको जित दर्ता गराएको हो ।१ सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको नेपालको सुरुवात मध्यम रह्यो । पहिलो विकेटका लागि पवन सराफ र पारस खड्का विच २५ रनको साझेदारी भएको थियो । तर पवन मात्र नौ रनमा आउट भएपछि नेपालले २५ रनमा पहिलो विकेट गुमायो ।त्यसपछि क्रिजमा आएका आरिफ शेखपनि धेरैबेर क्रिजमा टिक्न सकेनन् । उनीमात्र दुई रनमा पेभेलियन फर्किएपनि नेपालले २९ रनमा दोस्रो विकेट गुमायो ।
त्यसपछि दिपेन्द्र ऐरी पनि सस्तैमा आउट भए । नेपालको पारीमा राम्रो योगदान गरिरहेका कप्तान पारस खड्का ब्यक्तिगत ३३ रनमा आउट भएपछि नेपालले ७४ रनमा चौथो विकेट खेर फाल्यो ।त्यसपछि क्रिजमा आएका रोहित कुमार पौडेलपनि धेरैबेर टिक्न सकेनन् । नेपालको स्कोर ९३ रन हुदाँ उनी ५ रनमा आउट भए । जसका कारण नेपालले ९३ रनमा पाँचौ विकेट गुमायो ।
मध्यक्रमका खेलाडी विच राम्रो तालमेल हुन नसकेको खेलमा नेपालले एक सय ६ रन हुदाँ छैटौ विकेट खेर फाल्यो । विनोद भण्डारी दुई पटक जीवनदान पाउँदापनि २६ रनमा आउट भए ।अन्तिम ओभरमा नेपाललाई जितका लागि १७ रन चाहिएको थियो । क्रिजमा करण केसी र सोमपाल कामी थिए । जसमा करणले अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गरे भने दोस्रो बल डट खेले । तेस्रो बलमा चौका प्रहार गरेका करणले चौथो बलमा पनि चौका प्रहार गरे ।
ओमान क्रिकेट संघका टर्फ मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको डच टिमले १९ ओभर तीन बलमा एक सय ३४ रनमा अलआउट भयो । नेपालले दोस्रो ओभरमा नै विकेट लिन सफल भएको छ । नेपालका लागि सन्दिप लामिछाने र करण केसीले समान ४–४ विकेट लिएका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
